परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

दैनिकी

पुस ११ गते, बुधबार ।

युटीएल, स्मार्ट टेलिकम, सीजी कम्युनिकेसन्सलगायतका दूरसञ्चार कम्पनीहरूले सरकारलाई कर नतिरेको समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।

विराटनगरमा विवाह मण्डपमै दुलहीमाथि आक्रमण भएको समाचार पनि कान्तिपुर दैनिकमा नै प्रकाशित छ ।

संघीय संसदको हिउँदे अधिवेशन आजदेखि शुरु हुन लागेको सञ्चारमाध्यमहरूले जनाएका छन् ।

संघीय संसदको दुवै सदनमा कर्मचारी समायोजन अध्यादेश आजै पेश गरिने भएको समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।

संघीय प्रणालीमा पनि प्रमुख जिल्ला अधिकारीलाई नै शक्तिशाली बनाउने कानुन गृहकार्य अन्तिम चरणमा पुगेको समाचार राजधानी दैनिकमा प्रकाशित छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले तीन वर्षमा शतप्रतिशत निजी आवास निर्माण गर्ने घोषणा गरेपछि हालसम्म ५४ प्रतिशतमात्र निर्माण कार्य सम्पन्न भएको समाचार कारोबार दैनिकमा प्रकाशित छ ।

जापानले नेपाललगायतका मुलुकबाट तीन लाख ५० हजार कामदार लाने भएको समाचार पनि कारोबार दैनिकमा नै प्रकाशित छ ।

इन्डोनेशियामा आएको सुनामीका कारण चार सयभन्दा बढीको मृत्यु भएको सञ्चारमाध्यमहरूले जनाएका छन् ।

Facebook Comments