परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

सत्ताकाे खबर के छ ?

समसामयिक कविता

हिमालको हिउँमा थरथरी जिऊ कामेको काम्यै छ 
सिरेटो चिसो हुँइकिन्छ त्यसै डामेको डाम्यै छ ।
यो भेडी गोठ, गोठाले जीवन अत्तो नपत्तो  छ
के अोड्ने होला डोल्मा र मैले पाखीको झत्तो छ ।
देवकोटा कवि डिल्लीबजारमा बसेर लेख्थे  कि
बाँचेको भए यो मेरो दुःख तिनले  देख्थे  कि !
यो डोल्मा मुना बनेकी हुन्थी मदन  म  बन्थेँ
जहाँ भए पनि महा कविजीलाई लौ लेख म भन्थेँ ।
भेडाको बथान बेचेर डोल्मा जौ डाँडा काटेर
भनेको केही नमानी बस्छे  ऊन  धागो   बाटेर ।
घामको झुल्को कहाँ झुल्कोझुल्को झुल्केन यो पाटो
घामले पनि कुन बाटो रोज्यो  विर्सियो मूल बाटो ।
काठमाडौंतिर राज्यको खबर के कसो भैरा’ छ ?
बाटो र पुल, मेलम्ची पानी  हाँस्छ कि रोइरा’ छ ?
सातोटा प्रदेश अर्थले हाम्रो धान्यो  कि धानेन ?
विकास गर्न यो सरकारले  जान्यो  कि  जानेन ?
हिउँचुली देख्छु यै झ्याउरे लेख्छु छन्द न बन्दको
विनाको बास्ना  नखोज्नु यहाँ  बुकीको गन्ध हो ।
डोल्पाको पाखो यो भेडी गोठ जीवन बचाउने
कालकुट विष पिएको जस्तो कति विष पचाउने ?
Facebook Comments