परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

दैनिकी

२०७५ मंसिर १६ गते, आइतबार ।

निर्मला पन्त हत्या प्रकरणमा बर्खास्त प्रहरी उपरीक्षक डिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टले पुनर्बहालीको माग गर्दै मन्त्रिपरिषदमा निवेदन बुझाउनुभएको अनलाइनखबर समाचार पोर्टलमा प्रकाशित छ ।

निर्मला पन्तको न्यायका लागि नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले महेन्द्रनगरका प्रदर्शन गरेको समाचार नेपालखबर अनलाइन समाचार पोर्टलमा प्रकाशित छ ।

अप्टिकल फाइबरका कारण नेपाल टेलिकमको मोबाइलमा आज दिउँसोदेखि समस्या आएको र छिटोभन्दा छिटो समस्या समाधानको प्रयास भइरहेको उज्यालो नेटवर्क रेडियो जनाएको छ ।

चितुवाको आक्रमणबाट तनहूँको भानु नगरपालिका–२ मा १० वर्षीय बालक अमृत गुरुङको मृत्यु भएको सञ्चार माध्यमहरूले जनाएका छन् ।

शेयर बजारमा दोहोरो अङ्कले गिरावट आएको समाचार कारोबार दैनिकमा प्रकाशित छ ।

अब चिकित्सकले हरेक पाँच वर्षमा परीक्षा दिनुपर्ने र परीक्षामा उत्तीर्ण नभए इजाजतपत्र खारेज हुने भएको समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

Facebook Comments