परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

दैनिकी

२०७५ मंसिर १ गते, शनिबार ।

शीतल निवासँगै रहेको प्रहरी प्रशिक्षण प्रतिष्ठानलाई हटाएर हेलिप्याड निर्माण गर्न लागिएको समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।

भारतको उत्तर प्रदेश प्रान्तका मुख्यमन्त्री योगी आदित्यनाथ रामजानकी विवाहपञ्चमीका अवसरमा जन्ती बनेर जनकपुर आउनुहुने समाचार पनि कान्तिपुर दैनिकमा नै प्रकाशित छ ।

वर्तमान सरकार सूचनामा प्रवाहमा संकीर्ण बन्दै सूचना लुकाउन उद्धत भएको समाचार अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।

सरकारले तीनदिनभित्र समाज कल्याण परिषदको भवन खाली गराउन निर्देशन दिएको समाचार पनि अन्नपूर्ण पोष्ट दैनिकमा नै प्रकाशित छ । सरकारले परिषदको भवन उपराष्ट्रपति कार्यालयलाई दिएको समाचारमा जनाइएको छ ।

अधिकांश मन्त्रालयले विदेश भ्रमणको खर्च लुकाउने गरेको समाचार राजधानी दैनिकमा प्रकाशित छ ।

नेकपा एमाले र एमाओवादीबीच एकीकरण भएको छ महिनापछि एउटै संसदीय कार्यालय बनेको समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।

पूर्वपश्चिम राजमार्ग चार लेनको बन्न लागेको समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

माइक्रोबसका चालक र सहचालकले अनिवार्य रूपमा निर्धारित पोशाक लगाउनुपर्ने समाचार पनि नयाँ पत्रिका दैनिकमा नै प्रकाशित छ ।

काठमाडौं महानगरपालिकाले सडक मर्मत र सुधारका क्रममा भित्री सडकमा कालोपत्रे गर्नेभन्दा ढुङ्गा र इटा छाप्ने कार्यलाई प्राथमिकता दिने समाचार कारोबार दैनिकमा प्रकाशित छ ।

नेपाल खाद्य संस्थानले यस वर्ष किसानबाट तीन लाख ५० हजार क्वीन्टल धान खरिद गर्ने समाचार पनि कारोबार दैनिकमा नै प्रकाशित छ ।

तनहूँमा तेस्रो आदिवासी जनजाति सांस्कृतिक महोत्सव शुरु भएको समाचार छ ।

बंगलादेशमा रहेको रोहिङ्ग्या शरणार्थी असुरक्षाको कारण देखाएर म्यानमार फर्कन नचाहेको बीबीसीले जनाएको छ ।
उता, अमेरिका प्रवेश गर्न चाहने हजारौंको संख्यामा रहेका मेक्सिकन शरणार्थीलाई रोक्न अमेरिकाले सीमावर्ती क्षेत्रमा अमेरिकी सुरक्षा दस्ताले कडा पहरा दिइरहेको पनि बीबीसीले नै जनाएको छ ।

Facebook Comments