परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

दैनिकी

२०७५ मंसिर ३० गते, शुक्रबार ।

संघीय संसदले सांसदलाई जथाभावी उपचार खर्च बाँडेको समाचार अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको निर्णय सार्वजनिक नगर्न मन्त्रीहरूलाई पुनः सचेत गराउनुभएको समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।

नेपाल वायुसेवा निगमले वाइड बडी जहाज किन्न लिएको रकमको चर्को ब्याजका कारण निगम मासिक ३१ करोड घाटामा गएको भन्दै सरकारलाई गुहारेको समाचार कारोबार दैनिकमा प्रकाशित छ ।

वैदेशिक रोजगारमा श्रमिक कामदार आपूर्ति गर्दै आएका १२ राष्ट्रको सम्मेलन आप्रवासनसम्बन्धी काठमाडौं घोषणपत्र जारी गर्दै आज समापन हुने समाचार पनि कारोबार दैनिकमा नै प्रकाशित छ ।

बाघको आक्रमणबाट तनहूँको भानु नगरपालिका—४ जोखानीका चार वर्षीया अस्मिता लम्सालको मृत्यु भएको समाचार अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशति छ ।

मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका—४ एक्लेभट्टी—पाक्लिङ मोटरेबल पुल निर्माण गर्ने सम्झौता भएको तीन वर्ष बितिसक्दा पनि पुल बन्न नसकी अलपत्र बनेको समाचार छ ।

नेपालबाट भूटानी शरणार्थी फर्काउन भूटानसँग निर्णायक वार्ता हुन लागेको समाचर नेपाल खबर अनलाइन समाचार पोर्टलमा प्रकाशित छ ।

Facebook Comments