परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

दैनिकी

२०७५ कात्तिक २९ गते, बिहीबार ।

नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकमले दिने सेवाको गुणस्तर निर्धारित मापदण्डभन्दा कमजोर रहेको समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।

युवा स्वरोजगार कोषले लक्षित वर्गलाई एकतिर पञ्छाएर ठूला व्यापारीलाई ५० करोडसम्म ऋण दिएको समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

लोकसेवा आयोगले हजारौं पदमा विज्ञापन निकाल्ने तयारी गरेको समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।

नेपालमा १८ लाख घरधुरी अभैm पनि विजुलीविहीन रहेको समाचार कारोबार दैनिकमा प्रकाशित छ ।

जिल्ला मालपोत कार्यालय रूपन्देहीको कामकारबाही आजदेखि अनलाइनमा गएको समाचार छ ।

ललितपुरलाई नेपालकै पहिलो हस्तकला शहर (क्राफ्ट सिटी) गरिएको समाचार कारोबार दैनिकमा प्रकाशित छ ।

ठेकेदारको टुङ्गो नलाग्दा नेपाल राष्टबैंकको बालुवाटारस्थित केन्द्रीय भवन पुनर्निर्माण योजना रोकिएको समाचार छ ।

भूकम्पले भत्काएको धराहराको आडैमा ११ तले धराहराको दुई वर्षभित्र पुन:निर्माण सम्पन्न हुने समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

Facebook Comments