परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

दैनिकी

२०७५ कात्तिक २८ गते, बुधबार ।

गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा पहिलो पटक बौद्ध ग्रन्थ त्रिपिटक वाचन समारोह आजदेखि शुरु भएको सञ्चार माध्यमहरूले जनाएका छन् । समारोहमा १८ देशका सात सयभन्दा बढी भिक्षु–भिक्षुणी उपस्थित भएको समाचारमा जनाइएको छ ।

आज उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्वलाई बिदाइ गरिएको छ ।

सरकारले वातावरणमा गम्भीर असर पार्ने पुराना सवारी साधनको आयु २० बाट २५ वर्ष पु¥्याउने तयारी गरेको समाचार कारोबार दैनिकमा प्रकाशित छ ।

सरकारले नेपालको अधिकतम जलविद्युत उत्पादन क्षमतालाई कमजोर पार्ने गरी नीति ल्याएको जलविद्युत क्षेत्रका ज्ञाता र प्रवद्र्धकहरूले आरोप लगाएको समाचर कारोबार दैनिकमा प्रकाशित छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २१ घण्टा सञ्चालनमा आए पनि अन्तर्राष्ट्रिय विमान कम्पनीहरूले रातको समयमा उडान भर्न अस्वीकार गरेको समाचार पनि कारोबार दैनिकमा नै प्रकाशित छ ।

महानगरीय प्रहरी वृत्त, लैनचौरले ठमेल क्षेत्रका विभिन्न रेष्टुरेन्ट तथा डान्स बारमा काम गर्ने ३५ बालबालिकाको उद्धार गरेको राससले जनाएको छ ।

अमेरिकी टेलिभिजन च्यानल सीएनएनले राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनविरुद्ध मुद्धा दायर गरेको समाचार छ । पत्रकारको प्रश्न सोध्न पाउने संवैधानिक अधिकार हनन भएको भन्दै मुद्धा दायर गरिएको समाचारमा जनाइएको छ ।

श्रीलंकाको सर्वोच्च अदालतले राष्ट्रपति मैत्रीपाला सिरिसेनाले विघटन गर्नुएभएको संसदलाई पुनःस्थापना गरिदिएको सञ्चार माध्यमहरूले जनाएका छन् ।

Facebook Comments