परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

दैनिकी

२०७५ कात्तिक २७ गते, मंगलबार ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको कार्यशैलीप्रति असंतुष्टि जनाउँदै देउवाइतरका नेताहरू सुजाता कोइरालाको निवासमा भेला भएको समाचार राजधानीबाट निस्कने अधिकांश समाचारपत्रमा उल्लेख छ ।

नेकपा स्थायी समितिको बैठक चार महिनादेखि बस्न नसकेको समाचार अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।

वर्तमान एकमना सरकार पार्टीसँग सरोकार नै नराखी अघि बढ्दा नेकपा गतिहीन बनेको समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

सबैभन्दा नजिकको सरकार भनेर चिनिएको स्थानीय तहको सेवा प्रवाह प्रभावहीन भएको निष्कर्ष संघीय सरकारले निकालेको समाचार कारोबार दैनिकमा प्रकाशित छ ।

युएनडीपीले सार्वजनिक गरेको मानव विकास सूचकांकले रेमिट्यान्स भित्र्याउन नेपाल दक्षिण एशियाकै अग्रपंक्ति रहेको तर प्रत्यक्ष वैदेशिक लगानीमा न्यून रहेको समाचार पनि कारोबार दैनिकमा नै प्रकाशित छ ।

सिक्टा सिंचाइका लागि पप्पु कन्स्ट्रक्सनसँग गएिको सम्झौता तोडिएको समाचार नागरिक दैनिकमा प्रकाशित छ ।

नेकपाले चियापानमा गरेको खर्च नेपाली कांग्रेसले सोही प्रयोजनका लागि गरेको खर्चभन्दा चारगुणा बढी भएको समाचार नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

रोजगारीको खोजीमा युवा वर्ग बाहिरिएपछि कर्णालीका गाउँ युवाविहीन बनेको समाचार कारोबार दैनिकमा प्रकाशित छ ।

भारतमा राष्ट्रवादले मिथ्या समाचार प्रवाहमा बढावा दिएको बीबीसीले गरेको एक अध्ययनले बताएको सञ्चार माध्यमहरूले जनाएका छन् ।

Facebook Comments