परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

दैनिकी

२०७५ कात्तिक २१ गते, बुधबार ।

राष्ट्रपति विद्या भण्डारीले तिहारको अवसरमा देशवासीका नाममा शुभकामना दिँदै नेपालीबीच मेलमिलाप, भ्रातृत्व, सामाजिक सद्भाव र सहिष्णुता अझ बढी सुदृढ होस् भन्ने कामना गर्नुभएको छ ।

आज लक्ष्मी पूजा । देशभर धनधान्यकी देवी लक्ष्मीको पूजा अर्चना गरिँदैछ ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११० औं जन्मजयन्ती आज देशभर मनाइँदैछ ।

सरकारले राति १० बजेसम्मका देउसी भैलो खेल्न पाउने समय निर्धारण गरेको सञ्चार माध्यमहरूले जनाएका छन् ।

नेपालमा पेट्रोलियम पदार्थ ल्याउनका लागि सीमावर्ती भारतीय शहर रक्सौलदेखि अमलेखगञ्जसम्म पाइपलाइन बिछ्याउने कार्य ५० प्रतिशत सकिएको समाचार कारोबार दैनिकमा प्रकाशित छ ।

शेयरको कारोबार अनलाइनबाट शुरु भएसँगै धितोपत्रको बजार अस्तव्यस्त बनेको समाचार कारोबार दैनिकमा नै प्रकाशित छ । यसको नाता अभैm पनि पुरानो प्रणालीसँग रहेको भए पनि त्यसले काम नगर्दा ब्रोकरदेखि लगानीकर्तासम्म अलमलमा परको समाचारमा जनाइएको छ ।

प्रदेश नं. ५ को सरकारले नेपालदेखि कोहलपुरसम्म विद्युतीय बस सञ्चालन गर्ने तयारी गरेको थाहा खबर अनलाइन समाचार पोर्टलले जनाएको छ ।

भोजपुर जिल्लाको षडानन्द नगरपालिकाले चिनियाँ व्यापारीलाई रोक लगाएपछि महँगो लगानीमा लगाएको स्थानीय रुद्राक्षको व्यापार चौपट भएको समाचार पनि सोही समाचार पोर्टलमा प्रकाशित छ ।

डलरको सटही सुविधालाई कटौती गर्दै नेपाल राष्ट्र बैंकले अब विदेश जाने व्यक्तिले १५ सय डलरमात्र लाउन पाउने प्रावधान ल्याएको समाचार पनि सोही अनलाइन पोर्टलमा प्रकाशित छ ।

अमेरिकीमा हालै सम्पन्न मध्यावधिक निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्पको पार्टीले तल्लो सदनमा बहुमत गुमाएसँगै ट्रम्पलाई धक्का लागेको सञ्चार माध्यमहरूले जनाएका छन् ।

सोही चुनावमा तीन हप्ताअघि नै निधन भएका,  एक  वेश्यालयका २० वर्षीय मालिक, डेनिस होफ समेत  निर्वाचित भएको समाचार छ ।

Facebook Comments