परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

२०७५ कात्तिक २० गते, मंगलबार ।

भारतको राजधानी नयाँ दिल्लीमा ४० जना नेपाली चेलीको माइती नेपाल र भारतीय सुरक्षा निकायको समन्वयमा उद्धार गरिएको समाचार छ ।

सरकारले स्थानीय तहका कर्मचारीको सेवा सर्तसम्बन्धी कानुनी व्यवस्था नगरी स्थानीय तहमा कर्मचारी समायोजन गर्ने तयारी गरेको समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।

डोल्पामा कात्तिक १९ गते जीप दुर्घटना हुँदा १० जनाको ज्यान गएको समाचार छ ।

केही समयदेखि लगातार ओरालो लागेको धितोपत्र (सेयर) बजारको नेप्से परिसूचकमा सुधार भई दोहोरो अङकले बृद्धि भएको समाचार कारोबार दैनिकमा प्रकाशित छ ।

साइकल मन्त्री भनेर चिनिनुभएका लालबाबु पण्डित अहिले आएर अधिक मात्रा गाडी प्रयोग गर्ने मन्त्रीमा दरिएको समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ । हाल पण्डितकी पत्नीदेखि कार्यकर्तासम्मले गाडी प्रयोग गर्न थालेको समाचारमा जनाइएको छ ।

काठमार्डौमा प्रदूषणको स्तर उच्च रहेको समाचार राजधानी दैनिकमा प्रकाशित छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विजय गच्छदारलाई उपसभापति बनाउन तयारी गर्नुभएको समाचार पनि राजधानी दैनिकमा नै प्रकाशित छ ।

आजदेखि सेयर कारोबार अनलाइनमार्पmत हुने सञ्चार माध्यमहरूले जनाएका छन् ।

सरकारले हालम्म २४ हजार छ सय ५६ मेगावाट क्षमताका जलविद्युत आयोजनाका लागि सर्वेक्षण अनुमति दिइएको समाचार छ ।

नेपाल विद्युत प्राधिकरणले विद्युतीय सवारी साधन प्रवद्र्धन गर्ने योजना अघि सारेको कारोबार दैनिकमा प्रकाशित छ ।

जापानमा आत्महत्या बालबालिकाको संख्या तीन दशककै उच्च रहेको सञ्चार माध्यमहरूले जनाएका छन् ।

Facebook Comments