परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

दैनिकी

२०७५ कात्तिक १३ गते, मंगलबार ।

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य स्थितिमा क्रमिक सुधार आएको समाचार राजधानीबाट निकस्ने अखबारहरूमा प्रकाशित छ ।

नेपाल र मलेशियाबीच १७ वर्षपछि श्रम सम्झौता भएको र अब मलेशिया जाने नेपाली कामदारले पाँच हजार आठ सय तिरे पुग्ने सञ्चार माध्यमहरूले जनाएका छन् ।

बहुचर्चित निर्मला पन्त हत्या प्रकरणका दोषी अझैसम्म पनि पत्ता नलागेको र प्रहरीले सयौं व्यक्तिको डीएनए परीक्षण गर्ने प्रक्रिया अघि बढाएको समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

भारतले गण्डक नहरमा पानी बन्द गर्दा नवलपरासीको प्रतापपुर गाउँपालिकास्थित १५ मेगावाटको गण्डक जलविद्युत केन्द्रको उत्पादन ठप्प भएको समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

खासै चर्चामा नरहेको १७ विद्रोही समूहसँग सरकारले बार्ता गर्ने तयारी गरेको समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।

सर्वोच्च अदालतमा भ्रष्टाचारसम्बन्धी मुद्दा एकपछि अर्को गरी थुप्रिँदै गए पनि पैmसला दर भने ज्यादै न्यून (तीन प्रतिशत) मात्र रहेको समाचार अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।

मुग्लिन–नारायणगढ सडक खण्डमा पाँचवटा पुल जोखिममा परेको समाचार अन्नपूर्ण पोष्ट दैनिकमा नै प्रकाशित छ ।

नेकपा स्थायी कमिटी बैठक नबस्दा महत्वपूर्ण काम थाँती रहेको समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।

२०७२ सालको भूकम्पले भत्काएका एक हजार चारभन्दा बढी सम्पदाको पुनःनिर्माण अभैm बाँकी रहेको उज्यालो रेडियो नेटवर्कले जनाएको छ ।

Facebook Comments