परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

दैनिकी

२०७५ कात्तिक १२ गते, सोमबार ।

स्वास्थ्यमा थप समस्या देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना हुनुभएको समाचार अन्नपूर्ण पोष्टको अनलाइन संस्करणमा प्रकाशित छ । उहाँको स्वास्थ्यमा क्रमिक सुधार भइरहेका खबरहरू प्राप्त भएका छन् ।

युवा तथा साना व्यवसायी स्वरोजगार कोषमा करोडौंको भ्रष्टाचार भएको समाचार राजधानी दैनिकमा प्रकाशित छ ।

मेलाम्ची खानेपानी आयोजनाको गाडी पहुँचवालाले रजाइँ गरिरहेको समाचार नागरिक दैनिकमा प्रकाशित छ ।

नेपाल विश्वकै उत्कृष्ट औधोगिक गन्तव्य भएको समाचार कारोबार दैनिकमा प्रकाशित छ ।

राष्ट्रपति विद्या भण्डारी आज कतार प्रस्थान गर्न लाग्नुभएको समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।

गोरखापत्रका महाप्रबन्धक वसन्तप्रकाश उपाध्याय पदमुक्त हुनुभएको समाचार गोरखपत्र दैनिकमा नै प्रकाशित छ ।

जन्ममिति विवादमा परेपछि अवकाश पाएका पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीको पेन्सनपट्टा उहाँकै निवेदन अनुसार बनाइदिन प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले आदेश दिनुभएको समाचार सेतोपाटी अनलाइन न्युज पोर्टलमा प्रकाशित छ ।

संयुक्त अरब इमिरेट्स (यूएई) मा सारजाहमा नेपाली महिला सविता तामाङको छुरा प्रहारबाट सहकर्मी सिर्जना बरालको ज्यान गएको सञ्चार माध्यमहरूले जनाएका छन् ।

Facebook Comments