परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

दैनिकी

२०७५ कात्तिक ११ गते, आइतबार ।

सडक असुरक्षित भएको चित्रण गर्दै २४ घण्टामा चारजनाको मृत्यु भएको समाचार नागरिक दैनिकमा प्रकाशित छ ।

यही प्रसंगमा काभ्रेमा भएको सडक दुर्घटनामा परी प्रहरी नायव निरीक्षक सुशील भण्डारीसहित तीनजनाको मृत्यु भएको समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।

देशमा लोपोन्मुख भाषा संरक्षणका लागि भाषा संग्रहालय बन्न लागेको समाचार अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।

भूकम्पले क्षतिग्रस्त भएको लाङटाङ र गोसाइँकुण्डको क्षेत्रको पदयात्राका लागि पर्यटकको संख्यामा वृद्धि भएको समाचार पनि गोरखापत्र दैनिकमा नै प्रकाशित छ ।

पदयात्रामा शुल्क वृद्धि गरिएपछि पर्यटन व्यवसायीहरू विरोधमा उत्रिएको समाचार नागरिक दैनिकमा प्रकाशित छ ।

नेपाली कांग्रेसको आर्थिक हिसाब किताब अपारदर्शी भएकाले कोष हिनामिना भएको समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

निजामती कर्मचारी व्यवस्थापन कार्य भद्रगोल बनेको समाचार राजधानी दैनिकमा प्रकाशित छ ।

भोकमरीको विश्व मानचित्रमा नेपाल तीन वर्षदेखि एकै विन्दु (७२ औं स्थान) मा रहेको समाचार कारोबार दैनिकमा प्रकाशित छ ।

सरकारी बेरुजु पाँच खर्ब भए पनि ताकेता भने पौने दुई खर्बका लागि मात्र भएको समाचार पनि कारोबार दैनिकमा नै प्रकाशित छ ।

आर्थिक वर्षको पहिलो तीन महिनामै नेपालमा कालो मरीचको आयात वार्षिक खपतको चारगुणा बढेको समाचार आर्थिक अभियान दैनिकमा प्रकाशित छ ।

श्रीलंकाका राष्ट्रपतिले प्रधानमन्त्री फेरेपछि त्यहाँ राजनीतिक संकट आएको सञ्चार माध्यमहरूले जनाएका छन् ।

अमेरिकाको पेन्सिलभेनियास्थित पिट्सवर्गमा अन्धाधुन्द गोली चल्दा ११ जनाको मृत्युभएको समाचार छ ।

पाकिस्तानमा भारतीय चलचित्र र टेलिभिजन च्यानलमाथि प्रतिबन्ध लगाइएको सञ्चार माध्यमहरूले जनाएका छन् ।

Facebook Comments