परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

दैनिकी

२०७५ कात्तिक १० गते, शनिबार ।

सैनिक भर्नामा अनियमितता भएको पाइएपछि सैनिक अदालतले एक सय ८० जनालाई कोर्ट मार्सल शुरु गरेको समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।

प्रधानमन्त्री कार्यालयको आश्वासनपछि प्रदेश नं. २ को सरकारले लोकसेवा, निजामती कर्मचारी र प्रशासनसँग सम्बन्धित तीन विधेयक प्रदेशसभा सचिवालयमा तत्काल दर्ता नगराउने समाचार पनि कान्तिपुर दैनिकमा नै प्रकाशित छ ।

भूकम्पपछिको पुनःनिर्माणका लागि दाताले दिएको आर्थिक सहायतासम्बन्धी बाचा पालना नगरेपछि सरकारले फेरि पनि दाता सम्मेलन गर्न लागेको समाचार अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।

राजधानीमा चेक बाउन्सका घटना बढ्दै गएको र ९० दिनको अवधिमा मात्रै एक हजार १७ यस्ता घटनाबारे महानगरीय प्रहरी वृत्तमा उजुरी परेको समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

विश्वका एक सय १२ मुलुकसँग नेपालको व्यापार घाटा भएको समाचार कारोबार दैनिकमा प्रकाशित छ ।

तराईका जिल्लाहरूमा तराई मधेश समृद्धि कार्यक्रम सञ्चालन गर्न लागिएको समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।

संघीय सरकारलाई उछिनेर प्रदेश नं. २ को सरकारले प्रहरी ऐन पारित गरेपछि सरकार र प्रतिपक्षबीच विवाद बढेको समाचार नागरिक दैनिकमा प्रकाशित छ ।

जनप्रतिनिधिहरू नै डोजरको मालिक बनिरहेको समाचार पनि नागरिक दैनिकमा नै प्रकाशित छ ।

सरकारको लापरबाहीका कारण भूकम्पबाट क्षतिग्रस्त विद्यालयका लागि आएका जस्ता पर्साको एक खुला चौरमा तीन वर्षदेखि अलपत्र परेको समाचार राजधानी दैनिकमा प्रकाशित छ ।

सरकारले सबै जिल्ला समन्वय समितिलाई स्थानीय तहमा कार्यरत कर्मचारीहरूको विवरण पठाउन अल्टिमेटम दिएको समाचार पनि राजधानी दैनिकमा नै प्रकाशित छ ।

श्रीलंकामा पूर्वराष्ट्रपति महेन्द्र राजापाक्षे प्रधानमन्त्री पदमा नियुक्त हुनुभएको समाचार सञ्चार माध्यमहरूले जनाएका छन् ।

Facebook Comments