परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

दैनिकी

२०७५ कात्तिक ८ गते, विहीबार ।

सरकारले कृषि तथा पशुपन्छी विकास मन्त्रालयका कर्मचारी र कालीमाटी तरकारी तथा फलफूल विकास समितिका पदाधिकारी सम्मिलित १९ जनाको विदेश भ्रमण रोकेको सञ्चार माध्यमहरूले जनाएका छन् ।

आज बस्ने नेकपाको सचिवालय बैठकले पार्टी एकता प्रक्रिया टुङ्गो लगाउने गृहकार्यलाई अन्तिम रूप दिने सञ्चार माध्यमहरूले जनाएका छन् ।

मुस्ताङमा एकै दिनमा चार हजार पर्यटक भित्रिएको समाचार नगारिक दैनिकमा प्रकाशित छ ।

आन्तरिक विवादले नेपाली कांग्रेसको बैठक अनिश्चित भएको समाचार अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।

नेपाली कांग्रेसभित्रको विवादले भ्रातृ संगठन लथालिङ्ग हुन पुगेको समाचार नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

सडक मार्गबाट नेपाल र भारतीय प्रान्त सिक्किम जोडिन लागेको समाचार पनि नगारिक दैनिकमा नै प्रकाशित छ ।

राजधानीमा कात्तिक ६ गतेदेखि सञ्चालनमा आएको विद्युतीय बसका लागि चार्जिङ स्टेसनको अभाव रहेको समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।

ऐतिहासिक सम्पदा सिन्धुलीगढीको जीर्णोद्धार तथा पुनःनिर्माणका लागि नेपाल सरकार र गैरआवसीय नेपाली संघ १६ करोड रूपैयाँ लगानी गर्ने भएको समाचार कारोबार दैनिकमा प्रकाशित छ ।

चालू आर्थिक वर्षका पहिलो त्रैमासिक सकिएलगत्तै बैंकहरूमा तरलता अभाव शुरु भएका समाचार कारोबार दैनिकमा नै प्रकाशित छ ।

सिंहदरबार परिसरमा संसद भवन भन्ने भएको समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।

स्याङ्जामा असिनाबाट दुई करोडभन्दा बढी मूल्यको सुन्तला नष्ट भएको समाचार पनि गोरखापत्र दैनिकमा नै प्रकाशित छ ।

नेपालमा सिख समुदायको संख्या तीव्र गतिमा घटिरहेको बीबीसीले जनाएको छ । सन् २००८ मा १५ हजारको संख्यामा रहेको सिख समुदायको संख्या हाल छ सयमा झरेको समाचारमा जनाइएको छ ।

Facebook Comments