परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

देवराज इन्द्रसँग विज्ञान-चर्चा

विज्ञानोपनिषद् (भाग-५)

पारिजात उद्यानमा हामी कफी पिइरहेका थियौं । देवराजले भन्नुभयो, ‘मैेले त कल्पना पनि गरेको थिइनँ, महादेव पृथ्वीमा आएर यसरी दर्शन दिनुहुन्छ।’ यो तिमीहरूका कारणले सम्भव भएको हो । तिमीहरूसँग भेट हुनु, तिमीहरूको सामिप्यमा मलाई बोध हुनु सबै भोलेनाथको लीला पो रहेछ । धन्य छ प्रभूको लीला । यसको भेद  हामी देवताहरूलाई त भान हुँदैन, मनुष्यले भला कसरी बुझुन सकोस ।

‘रियल्ली’ देवराज! हजुरलाई थाहा थिएन, शिवजीले साक्षात उपस्थित भएर हजुरको पुजन स्वीकार गर्नुहुन्छ ?

किञ्चित पनि थिएन । र, आज हामीलाई जुन शिव स्वरूपको दर्शन भएको छ, त्यो  स्वरूपको दर्शन देवताहरूलाई पनि

दुर्लभ छ । मैले नै दोस्रो पटक मात्र यस स्वरूपको दर्शन पाएको छु । म तिमीहरूको शिव भक्तिलाई नमन गर्दछु ।

तिमी पृथ्वीमा प्रचलित धर्म, मान्यता अनुसारको तुलनात्मक तथ्य र साक्षता एवम् लब्धांकको सादृश्य बन्न गएको आफ्नो  प्रतिकृतिको उपमावाट शिवभक्तिको मूल्यांकन गरिरहेका छौ वत्स ! देवगण व्यवहारमा होइन, मनुष्यमा निहीत गुणको मूल्यांकन गर्छन् ।

होइन देवराज! हजूरको यो शैेली त हाम्रा अर्थशास्त्रीहरूले प्रयोग गर्ने जस्तो पो भयो ।

नबिर्स म पनि त ‘अक्स्फोर्ड रिटर्न’ हो, देवराजले विनोदपूर्ण कटाक्ष दिनुभयो । त्यसपछि स्पष्ट पार्दै भन्नुभयो, शिवजी न्यायपूर्ण, दयालु र अत्यन्त सरल हुनुहुन्छ । तिमीहरूको प्रवृत्ति पनि यस्तै छ होला । भोकोलाई भोजन दिने कृत्य हुँदा दया नभएर दम्भ प्रदर्शन पनि हुनसक्छ र न्यायी एवम् दयालुले आफूसँग भोको व्यक्तिको क्षुधा शान्त गर्न सक्ने कुनै साधन नहुँदा पनि भावले भए पनि दम्भीको दानभन्दा बाजी मार्न सक्छ ।

देवराज! एउटा प्रवल जिज्ञासा छ, हजुरले पृथ्वीको श्रेष्ठ विद्यास्थलमात्यति लामो समय विताउनुभयो, के हाम्रा वैज्ञानिकहरूले जे रहस्य उद्घाटन गरेका छन्, ती सत्य हुन्? र, के वैज्ञानिक प्रकृतिका सबै रहस्य बुझ्न समर्थ हुनेछन् ?

जुन प्रश्नबाट म जोगिन चाहन्थेँ तिमीले त्यो प्रश्न गरिछाड्यौ । सबै सुख, वैभव उपलब्ध हुँदा पनि तिम्रो जिज्ञासा शान्त भएन । म तिम्रो प्रवृत्तिले अचम्मित भएँ ।

ब्रह्माजीले मानिसलाई वेद दिएर पठाउनुभएको होइन न पछि ‘कुरियर’ गरेर नै पठाइदिनुभएको हो । प्रकृतिमा अनेकौँ संयोग घटित भएर मनुष्यसम्मको ‘क्रिएशन’ भएको हो । हामी देवताहरू मूल प्रकृतिको हौ । हामी जड र चेतन दुवै हौ । मूलतः हाम्रो प्रकृति जड हो नै बुझ किनकि जड र चेतनभन्दा परको प्रकृति बुझ्ने तिम्रा प्रचलित भाषामा कुनै शब्द नै छैन ।

अनुचित र उचित सामाजिक मर्यादा हुन्, जसको अस्तित्व समाजभन्दा पृथक हुन्न । तिम्रो प्रश्नले ब्रह्माण्डको ‘मेट्रिक्स’ मा असन्तुलन ल्याउँछ । ब्रह्माण्ड रहेसम्म यसको निर्माण प्रक्रिया चलिरहनेछ । जहाँ जुन सभ्यताले जे पत्ता लाग्यो त्यो नै त्यो वेलाको सत्य हो ।

के प्रकाशको गति सर्वाधिक हो त, के प्रकाशको गतिमा पुग्नासाथ पदार्थ ‘एनर्जी’ मा रूपान्तरित हुन्छ ? मैले हठपूर्वक सोधँे ।

वत्स! समस्या नै यही हो, मैले यसको जवाफमा ‘यस’, ‘नो’ जे भने पनि गलत हुन्छ । गलत मेरा लागि होइन, तिम्रा लागि हुन्छ । मेरा लागि त पदार्थ नै छैन, ‘एटम’ छैन, इलेक्टो«न, प्रोटोन, क्वार्क, क्वान्टा केही छैनन् । प्रकाश पनि छैन । म पनि छैन । केही छ भने त्यो सम्भावना र संयोग मात्र छ । पृथ्वीमा मनुष्यसम्मको अस्तित्व हुनुमा अनन्त सम्भावनामध्ये १.०ह् १०२७ संयोगको फलस्वरूप हो । अहिले बुझ्न निमित्त अनन्त सम्भावनालाई देव मान, संयोगलाई  प्रकृति । इनफाइनाइट पसेविलिटी विद एबुन्डैन्ट पोटैन्सियालिटी । ब्रह्रमाण्ड प्रकृया हो वत्स, यसलाई बस्तु नठान । र प्रकृयाको वारे गरिएका निष्पत्तिलाई प्रकृया नै बुझेर आफू प्रक्रियारत नै रहिरह्यो भने तिम्रा शंका आशंका निर्मुल हुन्छन् ।

देवराजसँग यावत् विषयमा हाम्रो जिज्ञासा मेट्ने कार्य भयो । अगाडिको अध्यायमा प्रसंग हुँदा तिनको पुनस्र्मरण हुनेछ ।

देबराज तन्त्र के हो ?

वत्स ! तन्त्र विधि हो । तिम्रो वर्तमान संसारमा ‘मेथड’ शब्दको प्रयोग जसरी बहुआयामी रूपमा हुन्छ, कुनै वेला तन्त्र शब्दको प्रयोग हुन्थ्यो । ब्रह्माण्ड निर्माण कुनै न कुनै ‘मेथड’ ले नै भएको हो । कुनै बस्तुमा अणु कसरी संघठित भए । तिमीले हेर्ने ठोस, द्रव, ग्यास अणु संघटनको अवस्था न हो । एक अवस्थावाट अर्को अवस्थामा रूपान्तरण पनि हुन्छ । यी तीन वटा बाहेकको पनि अवस्था छ । तिम्रो विज्ञानले ‘प्लाज्म’ भन्छ । क्वार्क, ग्लुआन, न्युक्लिअस, प्रोट्रोन, इलोक्ट्रोनदेखि ठोस, द्रव, ग्यास अवस्थासम्मको कार्य सम्पादन सबै तन्त्र हो  ।

२५,२५ जोडी गुण सूत्रबाट मनुष्यको सबै कुरा निर्धारण हुनु तिमीलाई तन्त्र लाग्दैन?

तर प्रभु! तन्त्रको उद्गम त वेदपछिको मानिन्छ ।

अन्य आकर्षणहरू

सत्ता मोह

झुक्नै लाग्यो

नवराजका पाँच मुक्तक

समय यन्त्र 

सत्ताको फल (कविता)

त्यसो भए वेद के कुनै तन्त्र बिना नै संग्रहित भए? देवराजले उल्टै मसँग प्रश्न गर्नुभो ।

वेदलाई त अपौरुषेय भनिन्छ ।

वत्स! संसारमा के भनिन्छ, के मानिन्छ! त्यसको छिद्रान्वेषणमा ध्यान नदेऊ । ब्रह्माजीले मानिसलाई वेद दिएर पठाउनुभएको होइन न पछि ‘कुरियर’ गरेर नै पठाइदिनुभएको हो । प्रकृतिमा अनेकौँ संयोग घटित भएर मनुष्यसम्मको ‘क्रिएशन’ भएको हो । हामी देवताहरू मूल प्रकृतिको हौ । हामी जड र चेतन दुवै हौ । मूलतः हाम्रो प्रकृति जड हो नै बुझ किनकि जड र चेतनभन्दा परको प्रकृति बुझ्ने तिम्रा प्रचलित भाषामा कुनै शब्द नै छैन ।

प्रभु! दिमागको दही त बन्ने नै भयो, बरु यसो त्यो एलएसडी जस्तो केही सेवन गरेर चर्चा गर्न पाए हुन्थ्यो । अल्डुअस हक्सलेले त त्यसको खूपै महिमा बखान गरेका छन् ।

देवराज स्मित हाँसो हाँस्दै, तिमीले आफ्नो प्रत्युत्पन्नमतिको त कायल नै बनायौ मलाई । तिमीले ठीक भनेका हौ, एलएसडी भन्दा हजारौँ गुणा उन्नत ‘देवपेय’ तिमीलाई पुरस्कार स्वरूप प्रदान गरिन्छ ।

टेबुलमा देवराजको संकल्पले तीन ‘ग्लास’ पेय पदार्थ प्रकट भए । तीनै जनाले एउटा एउटा ‘ग्लास’ लिइ पिउन प्रारुम्भ गर्यौँ । ग्लास रित्याएर टेबुलमा राख्दै जर्मन मित्रले सोधिन्, ‘देवराज ह्वाट आई फील नाउ इज दिस स्टेट कल्ड समाधि ?’

‘यस इट इज रिलिभेन्ट टु समाधि, वान काइन्ड अफ समाधि,’ देवराजले सहज उत्तर दिनुभयो ।

आइ वान्ट टु अचिभ दिस थ्रू सेक्स, मे इट पासिबल ?

‘यस इट्स पासिबल, इट्स पासिवल थ्रू सर्भल वे’ देवराजले भन्नुभयो ।

‘सो प्लीज टीच मी हाउ’ मित्रले सहज निवेदन गरिन् ।

देवराज हजूरले समाधिसम्म पुग्ने अनेकौं मार्ग छन् भन्नुभयो, अरु कुनकुन मार्ग हुन् कृपया तीमाथि प्रकाश हाल्नुस् ।

सबै मार्गको गन्तब्य आनन्द हो, समाधि हो । ज्ञान, वैराग्य, मन्त्र, योग, भक्ति, हठ, अनुष्ठान, श्र्रवण, गायन, नृत्य आदिआदि मार्ग छन् । कुनै शरीर केन्द्रित भेद छन्, कुनै मन केन्द्रित, भेद यति मात्र छ  । शरीर र मन विश्लेषण गर्दा फरकफरक हुन्, संश्लेषण गर्दा त एकै नै हुन् ।

वैराग्यले आनन्द, समाधि…

मेरो वाक्य पूर्ण नहुँदै देवराजले भन्नुभयो, वैराग्यबाट समाधिस्तरमा पुग्न बिरलै हुन्छ तर घटित भएको छ । तिम्रो साहित्यमा पनि यसको उल्लेख भेटिन्छ ।

जर्मन मित्रको आग्रहमा देवराजले हामीलाई स्त्री–पुरुषको संसर्गले समाधिमा पुग्ने कलाको ज्ञान दिनुभयो, वाममार्गमा दीक्षित गर्नुभयो । काम कलाका अनेकौँ प्रयोग गरिए, काम उर्जाका अनेकौं रहस्यबाट परिचित भइयो । देवराजले यसको प्रकटीकरणका लागि निषेध गरेकाले व्याख्या गर्न मिल्दैन । समग्रमा यति मात्र – अनन्त ब्रह्रमाण्डदेखि ‘हिग्स बोसान’ सम्म काम ऊर्जा नै कार्यरत छ । देवराजसँग काम महिमाको ज्ञान लिन हामीलाई पृथ्वीको समयसँग तुलना गर्ने हो भने अन्दाजी २०–२२ दिन लाग्यो होला । हाम्रो शिक्षण पूरा भएपछि हामी स्वर्गको त्यो कक्षलाई नमन गरी फकियौं । बौद्धकै ‘रेष्टोरेन्टमा’ पूर्वकै समयमा । मानौँ हाम्रो अनुपस्थितिमा यहाँ  समय  रोकिएको थियो ।  दिनभरिको विल तिरेर हामीे ठमेल प्रस्थान ग¥यौं । देवराजको शक्तिले हामी तत्क्षण ठमेलको आफ्नो ‘गेष्ट हाउस’ मा पुग्यौं । भोलि बिहानको ब्रेकफास्टमा देवराजलाई भेट्नु थियो नै ।

इतिश्री अकर्मण्ये पुराणे विज्ञानोपनिषद् शीत ऋतुस्य तन्त्र रहस्यनामो पञ्चमो अध्याय समाप्त । ऊँ ।

Facebook Comments