परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

दैनिकी

२०७५ कात्तिक ७ गते, बुधबार ।
आज कोजग्रत पूर्णिमा । कोजग्रत पूर्णिमाको पूजा अर्चनासँगै दशैं समापन भएको मानिन्छ ।

राजधानीमा कात्तिक ६ गतेदेखि विद्युतीय बस सञ्चालनमा आएको सञ्चार माध्यमहरूले जनाएका छन् ।

एमाले र माओवादी मिलेर नेकपा बनेको पाँच महिना बितिसक्दा पनि एकता प्रक्रिया पार्टी एकीकरण टुङ्गिन नसकेको समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।

नेकपाभित्र तीव्र विवाद हुँदा पार्टीभित्र नयाँ गुट जन्मिएको समाचार राजधानी दैनिकमा प्रकाशित छ ।

खानेपानी मन्त्रालयले गत असार १५ गतेदेखि ३२ गतेसम्म अढाइ अर्ब रूपैयाँ रकमान्तर गरेर ब्रह्मलुट गरेको समाचार अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।

सामाजिक सुरक्षा ऐन, २०७५ ले स्थानीय तहले आपूmखुसी भत्ता बाँड्न नपाउने प्रावधान ल्याएको समाचार कारोबार दैनिकमा प्रकाशित छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशकि रोजगारीमा रहेका श्रमिकको सामाजिक सुरक्षाका लागि पेन्सन तथा साना लगानी कोषको व्यवस्था गर्न लागेको समाचार पनि कारोबार दैनिकमा नै प्रकाशित छ ।

संविधानसँग बाझिएका कानुन अबको चार महिनाभित्र संशोधन गरिसक्नुपर्ने भए पनि सरकारले मस्यौदासमेत तयार नपारेको समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।

नेपाली कांग्रेसको पार्टी सभापतिलाई शक्तिशाली बनाउने प्रस्तावलाई नेताद्वय रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाले असहमति जनाउनुभएको समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

नेपाल चिया विकास निगमको टोकला चिया बगानमा कार्यरत कर्मचारीहरूले दशैं खर्च नपाएको सञ्चार माध्यमहरूले जनाएका छन् ।

Facebook Comments