परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

दैनिकी

२०७५ असोज २७ गते, शनिबार 

शाहवंशीय राजपरम्पराको विरासतको रूपमा रहेको श्रीपेज, राजदण्ड तथा अन्य राजसी वस्तु असोज २९ गतेदेखि नारायणहिटी संग्रहालयमा सर्वसाधारणको अवलोकनका लागि राखिने खबर नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

प्रधानमन्त्री केपी शर्मा ओली हरेक महिनाको सात गते मन्त्रालयको काम सफ्टवेयरमार्पmत अनुगमन तथा मूल्याङ्कन गर्नुहुने भएको सञ्चार माध्यमहरूले जनाएका छन् ।

गभर्नरको हस्ताक्षरविहीन ५० रूपैयाँको नोट बजारमा देखापरेको समाचार पनि समाचारपत्र दैनिकमा नै प्रकाशित छ ।

सुनको भाउ छ वर्षयताकै उच्चतम् विन्दुमा पुगेको समाचार नागरिक दैनिकमा प्रकाशित छ । अहिले छापावाल सुन प्रतितोला ६० हजार रूपैयाँमा किनबेच भइरहेको समाचार छ ।

सरकारले हलिया मुक्तिको घोषणा गरेको एक दशक बितिसक्दा पनि सुदूरपश्चिमका पहाडी जिल्लामा हलियाप्रथा कायमै रहेको समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।

दशैं मान्न भारतबाट घर फर्किएका नेपालीमाथि सीमाक्षेत्रमा लुटपाट भइरहेको समाचार अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।

दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी व्यापारीले चालू आर्थिक वर्षको साउनदेखि असोज १५ गतेसम्म भारत तथा तेस्रो मुलुकबाट आठ अर्ब २८ करोड १८ लाख बराबरको सवारी साधन नेपाल भित्र्याएको समाचार कारोबार दैनिकमा प्रकाशित छ ।

राष्ट्रिय गौरवको योजनाको रूपमा रहेको सिक्टा सिंचाइ आयोजनामा देखिएको समस्याबारे गठित छानबिन समितिले असोज २६ गते सरकारलाई प्रतिवेदन बुझाएको समाचार छ ।

नेपालमा सवारी दुर्घटना प्रतिदिन सातजनाको मृत्यु हुने गरेको तथ्याङ्क सार्वजनिक भएको छ ।

नेपाल विद्युत प्राधिकरणले काठमाडौंमा स्मार्ट रिडर जडान गर्ने भएको समाचार छ ।

Facebook Comments