परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

दैनिकी

२०७५ असोज २६ गते, शुक्रबार ।

काठमाडौं क्षेत्र नं. ७ बाट उम्मेदवार बन्ने सुरसारमा रहनुभएका वामदेव गौतम पछि हट्नुभएको समाचार राजधानीबाट निस्कने सबैजसो समाचारपत्रमा प्रकाशित छ ।

नेकपाभित्र विवाद बढ्दै जाँदा सचिवालय बैठकको तालिका नै प्रभावित भएको छ ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेनाले विखण्डनकारी शक्तिहरूलाई सूक्ष्म रूपले नियालिरहेको अभिव्यक्ति दिनुभएको सञ्चार माध्यमहरूले जनाएका छन् ।

प्रदेश मातहतका कर्मचारीको उचित व्यवस्थापन नहुँदा हजारौं कर्मचारीले दशैंको मुखमा तलब–भत्ता पाउन नसकेको समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।

स्थानीय तहमा निर्धारित कर्मचारी दरबन्दीभन्दा आधामात्र कर्मचारी पदपूर्ति हुन सकेको समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

लोकसेवा आयोगले सरकारी सेवामा रहेर अनियमिततामा लागेको भन्दै एक सय छ कर्मचारीलाई कारबाहीको सिफारिस गरेको समाचार अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।

प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा वन तथा वातावरण मन्त्रालय वाधक नबन्ने भएको समाचार कारोबार दैनिकमा प्रकाशित छ । असोज २५ गते संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा भएको छलफलमा मन्त्रालयका सचिव डा. विश्वनाथ ओलीले यस्तो भनाइ राख्नुभएको समाचारमा जनाइएको छ ।

संसदको लेखा समितिले चिनीको खुद्रा मूल्य प्रतिकिलो ६३ रूपैयाँ तोक्न सरकारलाई पुनः निर्देशन दिएको समाचार पनि कारोबार दैनिकमा  नै प्रकाशित छ ।

बैंकहरूले व्यापक रूपमा कर्जा प्रवाह गरेपछि विगतमा जस्तै तरलता अभावको संकेत देखिएको समाचार छ ।

मदन पुरस्कार गुठीले २०७४ सालको मदन पुरस्कार र जगदम्बा श्री पुरस्कार क्रमशः निलम कार्की निहारिका र शान्तदास मानन्धरलाई एक समारोहबीच प्रदान गरेको छ ।

सांसदहरूले आपैंmले बनाएको नियमविपरीत भत्ता लिने गरेको समाचार पनि नयाँ पत्रिका दैनिकमा  नै प्रकाशित छ ।

Facebook Comments