परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

असोज २४ गते, बुधबार
राजधानीबाट आज प्रकाशित अखबारहरूले नेकपा नेता वामदेव गौतमका लागि उपनिर्वाचनमा ठाउँ खाली गर्न काठमाडौं क्षेत्र नं. ७ का सांसद रामवीर मानन्धरले राजीनामा दिनुभएको समाचार प्राथमिकतापूर्वक छापेका छन् ।

वामदेव गौतमलाई काठमाडौं क्षेत्र नं. ७ मा चुनाव लडाउने तयारी भएपछि पार्टीभित्र असंतुष्टि चुलिएको समाचार नागरिक दैनिकमा प्रकाशित छ ।
बुद्ध एयरले नेपाल–दिल्ली उडानका लागि पहल गरे पनि अनुमति नपाएको समाचार कारोबार दैनिकमा प्रकाशित छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोषले सन् २०१८ मा विश्वको आर्थिक वृद्धिदर ३.७ प्रतिशतको हाराहारीमा रहने प्रक्षेपण गरेको समाचार पनि कारोबार दैनिकमा नै प्रकाशित छ ।

बढी भाडा लिने सवारी साधनलाई कारबाही गर्ने घोषित नीति भए पनि सवारी साधनको टिकटमा कालोबजारी भइरहेको समाचार अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।

यातायात व्यवस्था विभागले आजदेखि असोज ३१ गतेसम्म सवारी रुट इजाजतपत्र (रुट परमिट) खुला गरेको समाचार छ ।

गौतम बुद्ध, निजगढ तथा पोखरा विमानस्थलका लागि हवाइ रुट दिन भारत पुनः असहमत भएको सञ्चार माध्यमहरूले जनाएका छन् ।
नागरिकलाई निःशुल्क औषधि वितरण गर्ने पूर्ववर्ती परम्परालाई निरन्तरता दिन स्थानीय तह असफल भएको समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

सरकारविरुद्ध निर्णायक आन्दोलन गर्न राजपा जुटेको समाचार राजधानी दैनिकमा प्रकाशित छ ।
सरकारले विदेशी उत्पादन आयातमा कडाइ गरेपछि आयुर्वेदिक औषधिको भएको समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।

स्थानीय सरकार नै चुरे दोहनमा सक्रिय रहेको समाचार नागरिक दैनिकमा प्रकाशित छ ।

सरकारले मातपोत कार्यालयहरूमा शुरु गरेको जग्गा अभिलेख तथा सूचना व्यवस्थापन प्रणाली (एलआरआइएमएम) यस वर्ष सबै जिल्लामा लागू गर्ने तयारी गरेको समाचार छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ट्रयाल फेल भएका दुई सय २४ जनालाई सवारी इजाजतपत्र दिएको अभियोगमा यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र कार्यालय एकान्तकुनाका प्रमुख तेजनारायण यादवसहित १० जनाविरुद्ध मुद्धा दायर गरेको सञ्चार माध्यमहरूले जनाएका छन् ।

Facebook Comments