परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

दैनिकी

असोज २३ गते, मंगलबार 
निर्मला पन्त हत्या प्रकरणबारे सरकारी छानबिन टोलीले हालसालै सार्वजनिक गरेको प्रतिवेदनप्रति निर्मलाका आमा–बुबा असंतुष्ट रहेको समाचार अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आपूmलाई कसैले पनि नटेरेको गुनासो पोख्नुभएको समाचार पनि अन्नपूर्ण पोष्टमा दैनिकमा नै प्रकाशित छ ।

नेकपाका नेता वामदेव गौतमलाई काठमाडौं क्षेत्र नं. ७ बाट निर्वाचनमा उठाउन लागिएको भन्ने विषयमा सञ्चार माध्यमहरू चर्चा परिचर्चा भइरहेका छन् ।

नेकपाका नेता वामदेव गौतमले नेपाल प्रहरीका पूर्वमहानिरीक्षक अच्युतकृष्ण खरेलले लेख्नुभएको आत्मकथामा आफ्नो चरित्र हत्या गर्ने प्रयास भएको टिप्पणी गर्नुभएको सञ्चार माध्यमहरूले जनाएका छन् ।

निर्मला पन्त हत्या प्रकरणमा थप दुई प्रहरी निलम्बनमा परेको समाचार छ । प्रहरी प्रधान कार्यालयले घटनास्थलमा अनुसन्धान अधिकृत रूपमा खटिएका सई हरसिंह धामी र प्रहरी जवान चाँदनी साउनलाई असोज २२ गते निलम्बन गरेको छ ।

विश्व बैंकले चालू आर्थिक वर्षमा ५.९ प्रतिशतमात्र आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको समाचार कारोबार दैनिकमा प्रकाशित छ । सरकारले चालू आर्थिक वर्षमा आठ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान गरे पनि विश्व बैंकले सरकारको प्रक्षेपणभन्दा दुई प्रतिशत कम हुने अनुमान गरेको हो ।

श्रमिक आउटसोर्सिङ कम्पनी मार्पmत सेवा गर्ने श्रमिकले समेत सञ्चयकोष, उपदान र कानुनबमोजिम तोकिएको अन्य सुविधा पाउने भएको समाचार छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम ऐन, २०७४ ले दिएको अधिकार प्रयोग गरी यस्तो प्रावधान अघि सारिएको हो ।

ललितपुर महानगरपालिकाले सडकमा आवश्यकताअनुसार बल्ने र निभ्ने ‘स्मार्ट बत्ती’ जडान गर्न लागेको समाचार छ ।

नेपाल विद्यार्थी संघको पदाधिकारी बन्न ३२ वर्षे उमेरको विषयलाई रामचन्द्र पौडेल, कृष्ण सिटौलालगायत ४ जना नेताले नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा नोट अफ डिसेन्ट लेख्नुभएको सञ्चार माध्यमहरूले जनाएका छन् ।

सन् २०१८ को नौ महिनामा नेपाल भ्रमण गर्ने पर्यटकको संख्या १७ प्रतिशतले वृद्धि भएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

नेकपाभित्र विवाद चुलिँदै गएकाले एकता प्रक्रिया जटिल बन्दै गएको खबर नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

गृहमन्त्री रामबहादुर थापा बादलले सीमा क्षेत्रमा हुने तस्करी र अपराधका घटना नियन्त्रण गर्न थप सक्रिय भएर लाग्न सशस्त्र प्रहरीलाई निर्देशन दिनुभएको समाचार छ ।

चाडवाडको मौका पारेर राजधानीमा पाँच सय चोर सक्रिय भएको समाचार सक्रिय भएको समाचार कारोबार दैनिकमा प्रकाशित छ ।

२०७२ सालको भूकम्पपछि चीन सरकारले राहतस्वरूप नेपाललाई दिएको तेल अखाद्य प्रमाणित भए पनि नेपाल खाद्य संस्थानले त्यही तेल तीन वर्ष पछि बिक्री वितरण गरेको समाचार छ ।

चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाले केन्द्रीय कार्यसमितिमा ३३ प्रतिशत महिला पु¥याएको समाचार छ ।

गाडी भाडा १० प्रतिशतले वृद्धि भएको बहाना बनाएर बिचोलियाहरूले बढी भाडा लिएर यात्रु ठगेको गुनासो बढेपछि बढी भाडा लिनेविरुद्ध तुरुन्त उजुरी गर्न सरकारले आग्रह गरेको छ।

उत्तरी अफगानिस्तानको फर्याब प्रान्तमा हवाइ कारबाहीमा २८ जना तालिबानी विद्रोही मारिएको सञ्चार माध्यमहरूले जनाएका छन् ।

Facebook Comments