परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

स्वर्गको बेडरूममा अत्तरको वास्ना

विज्ञानोपनिषद् (खण्ड - ४)

म र मेरी जर्मन मित्र अचम्मित थियौँ, हामी दुवैले ‘लेट्स नट थिङ्क, इन्ज्वाय इट’ सहमति ग¥यौँ उनले केही खाने इच्छा प्रकट गरिन् । तत्क्षण एउटा परिचारिका उपस्थित भएर सोधिन्– ‘हजुरहरू के खान मन पराउनुहुन्छ, हजुरले चाहेका यावत् परिकार प्रस्तुत गर्न म आफ्नो अहोभाग्य ठान्नेछु ।’ हामीले प्रारम्भमा ‘मसरुम सुप’ दिन आग्रह ग¥यौँ । हामी भएको ठाउँमा तत्क्षण एउटा टेवुल प्रकट भयो, परिचारिकाले हातको इशाराले हामीलाई टेवुलको वरिपरि सजाइएको कुर्सीमा वस्न आग्रह गरिन् । हावाबाट टेवुलमा हाम्रा लागि ‘सुप’ आइपुग्यो ।

‘सुप’ खाएपछि मैले मित्रलाई मलाई त पुग्यो, तपाई अरू केही खानुहुन्छ ? भनेर सोधेँ । उनले पनि ‘इट्स इनफ’ भनी जवाफ फर्काइन् । त्यसो भए हामी अव सुताँै कि ? उनले मेरो प्रस्ताव स्विकार्दै हुन्छ भनिन् । तत्क्षण परिचारिकाले हातको इशाराले हामीलाई हिँड्न आग्रह गरिन् । चार पाइला नहिँड्दै शयनकक्ष पुग्यौँ । बुझ्नै गाह्रो भयो– हामी शयनकक्षतिर हिँडेका थियौँ कि शयनकक्ष आफैँ हिँडेर हाम्रो नजिक आइपुगेको थियो। शयनकक्ष सवै सुविधाले सम्पन्न थियो । ताजा गुलावको मन्द–मन्द वास्ना व्याप्त थियो । मैले बुझिसकेको थिएँ, शयनकक्ष मेरी जर्मन मित्रको रुचि बमोजिम सजिएको थियो । उनी ‘जम्प’ गर्दै ‘बेड’ मा पुगेर लडिबुडी गर्न थालिन् । म भने दिनभरिको थकान मेट्न बेडको एक छेउमा शवासनमा पल्टेँ । केही क्षणपछि उनले भनिन्– मलाई त समस्या भयो ।

के समस्या ? स्वर्गलोकको कक्षमा पनि तिमीलाई समस्या पर्छ, मैले जीवनमा बिहे नगरेर ठीकै गरेछु ।

ठट्टा होइन, ‘रियल्ली’ म घोर समस्यामा छु । तिमीलाई थाहा छ, म सुत्ने बेलामा लुगा नलगाई सुत्छु । लुगा लगाएर मलाई निद्रा नै आउँदैन, म के गरौं ? म सुतिँन भने तिमी पनि सुत्न पाउँदैनौ ।

लुगा फुकाल्न तिमीलाई के समस्या भयो र ?

कस्तो कुरा गर्छौ ? नयाँ ठाउँ, नया परिवेश जताबाट जहाँपनि अनेकौं सेवक सेविका छन्, यस्तोमा एउटा महिलाले लुगा फुकालेर कसरी सुत्ने ?

ओहो ! समस्या तिम्रो धर्म ‘टिचिङ्ग’ को पो रहेछ । हेर हिन्दू धर्मको स्वर्ग र देवी, देवता छन र छैनन्, दुवै ‘स्टेट’ मा हुन्छन् । तिमीले आव्हान नगरुन्जेल ‘गड इज नट एक्जिष्ट’ र आव्हान हुनासाथ ‘गड प्रेजेन्ट’ हुन्छन् ।

कस्तो बकम्फुसे कुरा गर्छौ, आफैँ स्वयं देवराजको पाहुना छौ र देवराज नै ‘एक्जिष्ट’ गर्दैनन् भन्छौ ।

‘दिस इज द वेसिक डिफिरेण्ट विट्वीन हिन्दू रिलिजन एण्ड अदर्स ।’

कण ‘इनर्जी’ को ‘भाइब्रेसन’ हो । ‘क्वान्टम–ली वेभ’ का रूपमा कण सधैँ ‘सुपर स्टेट पोजिसन’ मा हुन्छन्। पदार्थका रूपमा तब मात्र प्रकट हुन्छन्, जब कोही दृष्टा हुन्छ, अथवा कुनै ‘बाँडी सेन्सस्’ द्वारा सम्पर्कमा आउँछन् । याद गर, हामीले हेरेको त्यो फिल्म ‘ब्लीप’ । त्यसरी नै यहाँ यस स्वर्गको कक्षमा सवै कुराको चाबी हाम्रो इच्छा हो ।

ल, म तिमीलाई पृथ्वीको आधुनिक अणु भौतिकीबाट वुझाउने प्रयास गर्छु । पृथ्वीमा सबै थोकको निर्माण कण (एटम) ले भएको हुन्छ । कण ‘इनर्जी’ को ‘भाइब्रेसन’ हो । ‘क्वान्टम–ली वेभ’ का रूपमा कण सधैँ ‘सुपर स्टेट पोजिसन’ मा हुन्छन्। पदार्थका रूपमा तब मात्र प्रकट हुन्छन्, जब कोही दृष्टा हुन्छ, अथवा कुनै ‘बाँडी सेन्सस्’ द्वारा सम्पर्कमा आउँछन् । याद गर, हामीले हेरेको त्यो फिल्म ‘ब्लीप’ । त्यसरी नै यहाँ यस स्वर्गको कक्षमा सवै कुराको चाबी हाम्रो इच्छा हो । हामीले कुनै इच्छा नगरेसम्म न यहाँ कोही आउछ न यहाँ कोही छ ।

‘ओ ! आइ सी, यू आर परफेक्ट्ली करेक्ट, बट हाउ यू डिफाइन इट ?’

‘इट्स सो सिम्पल’ म धेरै पटक पहिला पनि स्वर्गमा आइसकेको छु, मैले विनोदपूर्ण स्वरमा भनेँ ।

अन्य आकर्षणहरू

सत्ता मोह

झुक्नै लाग्यो

नवराजका पाँच मुक्तक

समय यन्त्र 

सत्ताको फल (कविता)

उनले मलाई आफुतिर तानेर धेरैवेर चुम्बन गरिरहिन्, त्यसपछि हामी सुत्यौँ । मेरी मित्रले सपना देखिन् कि देखिनन् थाहा भएन तर मेरो सपनामा भने देवराज आउनु भयो र मलाई ब्रम्हाण्ड निर्माण प्रकृयाका जटिल रहस्यहरू बुझाउनुभयो ।

कति सुतेको तिमी त ! मित्रले मलाई घचघच्याउदै निद्राबाट व्युँझाइन् । उनी त नुहाएर तयार भइसकेकी रहिछन् । रेशमी वस्त्रमा उनी फरक देखिएकी थिइन । अनि उनी भन्दै गइन्, मैले नुहाउने इच्छा गर्दा दुईटा अप्सराले आएर ‘स्वीमिङ पूल’ मा लगे उनीहरूले नै नुहाइदिए, खुबै जलक्रीडा ग¥यौ । ‘पूल’ बाट बाहिर आउँदा अप्सराहरू मेरा लागि वस्त्र लिएर उपस्थित थिए । सारा श्रृङ्गार उनीहरूले नै गरिदिए । उनी हर्षले फुरुङ्ग थिइन् । ल, छिट्टै तिमी पनि ‘फ्रेश’ होऊ, अनि देवराजलाई भेट्न जानुपर्छ ।

 

मैले चुरोट सल्काउँदै भनेँ, वेवकुफ कुरा नगर, तिमी एउटा ब्रम्हलाई यो गर र त्यो गर भन्छौ ? मेरा सारा इच्छा सङ्कल्प मात्रले पूरा हुन्छन । स्वर्गमा परिश्रम हुन्न बालिके ! यो भोगभूमि हो, कर्मभूमि होइन ।

प्रिये ! तिमी अहिले जहाँ छ्यौ, त्यहाँ कल्पना र यथार्थमा भिन्नता छैन । बुझ कि कल्पना नै यथार्थको जननी हो – ल हेर म ‘फ्रेश’ भएको कल्पना गरेर बसिबसी ‘फ्रेश’ भएर देखाउँछु तिमीलाई । अर्को क्षण म पूर्णरूपेण ‘फ्रेश’ भइसकेको थिएँ, तनमा पीताम्वर सुशोभित भइरहेको थियो । मेरी मित्रले म नजिक आएर ‘यू डिजर्भ इट’ भन्दै अङ्कमाल गरिन् ।

‘तिमी हिन्दूहरूसँग शब्द नै बढी हुने, जहाँ मौका पायो कि कल्पनाको घोडा उडाउन थालिहाल्ने’ – उनले कटाक्ष गर्दै भनिन् ।

प्रिये ! तिमी अहिले जहाँ छ्यौ, त्यहाँ कल्पना र यथार्थमा भिन्नता छैन । बुझ कि कल्पना नै यथार्थको जननी हो – ल हेर म ‘फ्रेश’ भएको कल्पना गरेर बसिबसी ‘फ्रेश’ भएर देखाउँछु तिमीलाई । अर्को क्षण म पूर्णरूपेण ‘फ्रेश’ भइसकेको थिएँ, तनमा पीताम्वर सुशोभित भइरहेको थियो । मेरी मित्रले म नजिक आएर ‘यू डिजर्भ इट’ भन्दै अङ्कमाल गरिन् । अब हामी देवराजलाई भेट्न जाने कि ? उनले भनिन् ।

हामी देवराजलाई खोजेर कतै भेट्न सक्दैनौँ ! हामीले उहाँको आव्हान गर्नुपर्छ । हामीले संयुक्त रूपमा देवराजप्रति वन्दना गर्दै दर्शन दिने विन्ति गर्नासाथ उहाँ उपस्थित हुनुभयो । हामीले दण्डवत् प्रणाम ग¥यौँ । कस्तो अनुभव भइरहेको छ तिमीलाई नीलोत्तमा ?

म हर्षले केही सोच्ने स्थितिमा छैन देवराज ! मात्र विस्मय नै विस्मयले आपुरित छु ।

विस्मय प्रकृतिको अप्रितम भेट हो मनुष्यलाई, तर मनुष्यले बुद्धिलाई सर्वोपरि ठान्यो र प्रकृतिका रहस्यबाट विमुख हुँदै गयो । तन्त्रविद्याको त महत्वपूर्ण सोपान हो विस्मय । तिम्रो यस अवस्थाले तिमी तन्त्रविद्या आर्जन गर्नलाई परिपक्व भएको बोध गराउँछ । लौ जाऊँ भगवान पशुपतिनाथको प्रदक्षिणा गरेर दैनिकी प्रारम्भ गरौँ ।

हामी बसेकै ठाउँबाट पशुपतिनाथको पश्चिम ढोकासम्म पुग्ने रेलिङ नभएको, आधार नभएको पुल भन्ने कि प्यासेज दृष्टिगोचर भयो । हामी त्यसबाट हिँडेर सोझै मन्दिरभित्र पस्यौँ। त्यहाँ भट्टले हाम्रा लागि पूजनको सबै सामग्री जुटाएर राखेका थिए । देवराजले स्वयं देवविधिले मन्त्रोच्चारण गर्दै पुजन प्रारम्भ गर्नुभयो ।

अब देवराजको स्तुति होस् र भगवान चन्द्रमौलिश्वरको विग्रह चेतन नहोस्, कसरी हुन सक्थ्यो ?! स्वयं शिवजी उपस्थित भएर हाम्रो पूजन स्वीकारिराख्नुभएको थियो । जर्मन मित्रका आँखाबाट अश्रुधार प्रवाहित भईरहेको थियो, मानौँ उनी अश्रुले महादेवको अभिषेक गरिरहेकी थिइन् वा आफ्नो जन्मजन्मको कलुषता यस दिव्य क्षणमा तिरोहित गर्न प्रभू अनुकम्पाले प्रेरित भइरहेकी थिइन् । स्तुति सम्पन्न भएपछि हामीले मन्दिरको गर्भमा प्रवेश गरी महादेवलाई नमन ग¥यौँ । जेष्ठ १८ को त्यो सायम्काल हाम्रा अतिरिक्त अन्य कसले साक्षात् शिव दर्शन गर्न पाए, त्यसबारे केही जानकारी पाउन सकिएन । तत्पश्चात मन्दिर परिक्रमा गरी हामी अघिकै बाटो फर्कियौँ ।

इति श्री अकर्मण्येपुराणे विज्ञानोपनिषद् शीत ऋतुस्य पशुपतिनाथ साक्षात्कारनामो चतुर्थोअध्याय समाप्त । ॐ शान्तिः ।ॐ शान्तिः ।।ॐ शान्तिः।।।

Facebook Comments