२०७५ असोज ८ सोमबार
- अख्तियार दुरुपयोग अनुुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा सरकारी जागिर खाएको आधारमा एक हजार पाँच सय ३९ कर्मचारीमाथि छानबिन गरिरहेको समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।
- सरकारले १२ सय मेगावाटको जलाशयुक्त जलविद्युत आयोजना घमिफिरी चाइना गेजुवा ग्रुप कम्पनी लिमिटेडलाई जिम्मा लगाएको समाचार नयाँ पत्रिका दैनिकमा नै प्रकाशित छ ।
- सरकारका कामको अनुगमन र मूल्याङ्कन गरी आवश्यक रायसुझाव र निर्देशन दिने संसदको विकास समितिमा तीनजना ठेकेदार सांसद रहेको समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ । पप्पु कन्सट्रक्सनका हरिनारायण रौनियार, लामा कन्सट्रक्सनका जिपछिरिङ लामा र हिमदुङ एण्ड ठोकर कम्पनीका बहादुरसिंह लामा समितिमा रहनुभएको हो ।
- गएको भदौ २६ एसिड आक्रमणबाट घाइते हुनुभएका रौतहटकी १८ वर्षीय सम्झनाकुमारी दासको निधन भएको समाचार पनि कान्तिपुर दैनिकमा नै प्रकाशित छ ।
- नेपाली सेनाले इन्सास र एसएलआर हतियारलाई विस्थापन गरेर अमेरिकी सेनाले प्रयोग गर्दै आएको एम—१६ राइफल गर्ने भएको समाचार कारोबार दैनिकमा प्रकाशित छ ।
- लमजुङको मर्स्याङ्दी गाउँपालिकाभरि होमस्टे शुरु भएको समाचर पनि कारोबार दैनिकमा नै प्रकाशित छ ।
- सरकार १० प्रतिशत भाडा बढाउन सहमत भएपछि यातायात व्यवसायीले असोज १० गतेदेखि दशैंका लागि अग्रिम बुकिङ खोल्ने भएको सञ्चार माध्यमहरूले जनाएका छन् ।
- महोत्तरीको जलेश्वर नगरपालिका—१२ नैन्हीस्थित दुई सातादेखि झाडापखालाको प्रकोप फैलँदा दुई सयभन्दा बढी बासिन्दा प्रभावित भएको समाचार छ ।
- साङ्केतिक भाषालाई राष्ट्रिय भाषाको रूपमा मान्यता दिनुपर्नेमा अधिकारकर्मीहरूले जोड दिएको समाचार छ ।
- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मंसिर १२ गते दुई दिवसीय भ्रमणमा नेपाल भ्रमणमा आउनुहुने खबर छ ।
- म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी—जोमसोम सडक १० दिनपछि सञ्चालनमा आएको समाचार छ ।
- रूपन्देहीको विभिन्न भागमा ३१ वटा पुल बन्दबन्दै रोकिएको समाचार छ ।