परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

२०७५ भदौ ३१ आइतबार

  • उपत्यकामा खानेपानी वितरण गर्ने आपूर्तिकर्ताहरूले न्यूनतम मापदण्ड पनि पूरा नगरी पानी बिक्री—वितरण गरेको तथ्य अनुगमनका क्रममा खुलेको सञ्चार माध्यमहरूले जनाएका छन् ।

 

  • बलात्कारपछि हत्या गरिएका निर्मला पन्तलाई न्याय दिनुपर्ने माग गर्दै काठमाडौंलगायत देशभर प्रदर्शन भएको समाचार छ ।

 

  • निर्मला पन्त हत्या प्रकरणको अनुसन्धानमा लापरबाही अभियोगमा पाँचजना प्रहरी निलम्बनमा परेको सञ्चार माध्यमहरूले जनाएका छन् ।

 

  • कूटनीतिक राहदानी (रातो पासपोर्ट) दुरुपयोग हुन नदिन कानुन बनाएर त्यसलाई व्यवस्थित गर्न लागिएको समाचार अन्नपूर्ण पोष्टमा प्रकाशित छ ।

 

  • निजगढमा निर्माण गर्न लागिएको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थललाई सरकारले एशियाको हबको रूपमा विकास गर्न लागेको समाचार कारोबार दैनिकमा प्रकाशित छ ।

 

  • पहिरोका कारण गोरखा सिर्दीबारीका आठ घरपरिवार विस्थापनमा परेको समाचार कारोबार दैनिकमा नै प्रकाशित छ ।

 

  • सार्वजनिक पदमा रहेका व्यक्तिमात्र नभई समाजका चर्चित व्यक्तिको समेत विवरण गोप्य नहुने गरी कानुन बन्न लागेको समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।

 

  • नेकपाको जनवर्गीय संगठनको एकता टुङ्गो नलागेपछि पाटी गतिविधि तीन महिनायता ठप्प रहेको खबर राजधानी दैनिकमा प्रकाशित छ ।

 

  • मौलिक हकसम्बन्धी विधेयक धमाधम पारित भइरहेको समाचार गोरखापत्र दैनिकमा प्रकशित छ ।

 

  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मनोहरा खोलाको बालुवा निकाल्न सेटिङ मिलाइदिने भन्दै ठेकेदारसँग घुस लिएको आरोपमा नौजना प्रहरीलाई नियन्त्रणमा लिएको समाचार छ ।

 

  • हुम्लाको चंखेली गाउँपालिका-५ नेप्कामा सुख्खा पहिरो जाँदा दाउरा टिप्न गएका दुईजनाको मृत्यु हुनुका साथै चारजना बालबालिका घाइते भएको समाचार छ ।

 

  • सर्लाहीको व्रह्मापुरी गाउँपालिकामा भदौ ३० गते बेलुका भएको बस दुर्घटनामा दुईजनाको मृत्यु हुनुका साथै २३ जना घाइते भएको समाचार छ ।

 

  • फिलिपिन्समा आएको समुद्रीबाट १४ जनाको मृत्यु हुनुका साथै त्यहाँको जनजीवन अस्तव्यस्त भएको बीबीसीले जनाएको छ ।
Facebook Comments