परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

२०७५ भदौ ३० शनिबार

  • सार्वभौमसत्ता र राष्ट्रिय अखण्डताविरुद्ध अभिव्यक्ति दिनेको राहदानी खारेज हुने गरी कानुन संशोधन प्रक्रिया अघि बढेको समाचार अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।

 

  • ओखलढुङ्गाका भूकम्पपीडितले आफुहरूलाई लाभग्राहीको सूचीमा नराखेको भन्दै राष्ट्रिय पुनर्निमाण प्राधिकरणविरुद्ध मुद्दा दायर गरेको समाचार पनि अन्नपूर्ण पोष्ट दैनिकमा नै प्रकाशित छ ।

 

  • प्रधानमन्त्री केपी शर्मा ओली अधिकांश मन्त्रीले अपेक्षाअनुसार काम गर्न नसकेको निष्कर्षमा पुग्नुभएको र उनीहरूको मूल्याङ्कन डिजिटल प्रणालीबाट गर्ने तयारी गरिएको समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

 

  • कर्णालीले प्रदेशको पर्यटन मन्त्रालयको पहलमा सुर्खेत जुम्ला सीधा उडान शुरु भएको समाचार कारोबार दैनिकमा प्रकाशित छ ।

 

  • बाग्लुङको ढोरपाटन नगरपालिका र बडीगाड गाउँपालिकाको सीमानामा शुक्रबार रातिदेखि थुनिएको पाँच घण्टापछि पानी बग्न थालेको समाचार छ । त्यहाँको अवस्था खतरामुक्त रहेको सञ्चारमाध्यमहरूले जनाएका छन् ।

 

  • कार्यकारी अध्यक्ष बनाउने गरी मदन खरेललाई नेपाल वायुसेवा निगमको सदस्यमा नियुक्त गरिएको सञ्चारमाध्यमहरूले जनाएका छन् ।

 

  • निर्मला पन्त हत्या प्रकरण फितलो भएको जनगुनासो बढिरहेको बेला राष्ट्रपति विद्यादेवी भण्डारीले उनका हत्यारालाई कानुनी कारबाही दायरामा ल्याउन सरोकारवाला पक्षलाई आग्रह गर्नुभएको सञ्चारमाध्यमहरूले जनाएका छन् ।

 

  • गण्डकी प्रदेशको मातहतमा रहने गरी लमजुङको सदरमुकाम बेसीशहरमा स्वास्थ्य कार्यालय स्थापना गरिएको छ ।

 

  • प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले उद्घाटन गर्नुभएको स्वास्थ्य कार्यालयको कार्यक्षेत्र लमजुङ र मनाङ तोकिएको छ ।

 

  • विद्युतीय कारोबार ऐनअन्तरगत प्रहरीले हिरासतमा लिएका खोजतलास साप्ताहिक र खोजतलास डटकमका प्रधान सम्पादकराजु बस्नेतलाई साधारण तारेखमा हिरा गर्न जिल्ला अदालत, काठमाडौंले आदेश दिएको समाचार छ ।

 

  • समाचार साभार प्रकरणमा बस्नेतलाई हिरासतमा लिएको थियो ।

 

  • वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले आफ्नो दल संघीय समाजवादी फोरम, नेपालले अनावश्यक दबाब दिएको भन्दै पदबाट राजीनामा दिनुभएको सञ्चार माध्यमहरूले जनाएका छन् ।

 

  • प्रतिनिधिसभामा जनस्वास्थ्य विधेयक, २०७५ सर्वसम्मतिले पारित भएको छ ।

 

  • काठमाडौंमा साउन र भदौ महिनामात्र दुई सय ५६ मोटरसाइकल चोरी भएको र त्यसमध्ये ६० वटा फेला परेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

 

  • सीमा क्षेत्रमा भइरहेको बढ्दो चोरी-तस्करीलाई ध्यानमा राखेर पश्चिम नवलपरासीको नेपाल-भारत सीमा नेपाली तथा भारतीय सुरक्षाकर्मीले संयुक्त गस्ती गरेको समाचार छ ।

 

  • गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरको पुनर्निमाण सम्पन्न भएको र दशैंमा मन्दिरभित्रै पूजाअर्चना गर्ने अवसर मिल्ने समाचार छ ।

 

  • अमेरिकाको पूर्वी तटमा आएको हरिकेन फ्लोरेन्स सामुद्रिक आँधीबाट पाँचजनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।
Facebook Comments