परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

भदौ २९ शुक्रबार

  • विदेशमा उपचारमा गराउने खर्च सरकारले नव्योहोर्ने गरी स्वास्थ्य सेवा विधेयक संसदमा पेश गरिएको छ । २०६३ सालपछि मात्र पहुँचवालाले विदेशमा उपचारमा पाँच अर्ब खर्च भएको समाचार छ ।

 

  • स्वास्थ्य सेवा बन्द गर्ने कार्य नगर्न नेपाल चिकित्सक संघको नाममा आदेश जारी गरेको छ । न्यायाधीश दीपकराज जोशीको एकल इजालसले भदौ २८ गते यस्तो आदेश जारी गरेको हो ।

 

  • आर्थिक जनगणना २०७५ ले देशभर नौ लाख २२ हजार चार सय ४५ औधोगिक प्रतिष्ठान रहेको तथ्याङ्क सार्वजनिक गरेको समाचार कारोबार दैनिकमा प्रकाशित छ ।

 

  • सोलुखुम्बुको नम्चेमा खुकुराको अण्डा प्रतिगोटा ६६ रूपैयाँमा बिक्री हुने गरेको समाचार पनि कारोबार दैनिकमा नै प्रकाशित छ ।

 

  • कञ्चनपुरकी निर्मला पन्तको हत्या प्रकरणमा आरोपमा निलम्बनमा पर्नुभएका प्रहरी उपरीक्षक डिल्लीराज विष्ट, उहाँका छोरा किरण विष्ट र अर्का अभियुक्त आयुष विष्टको डीएनए परीक्षणका लागि नमूना संकलन गरिएको समाचार छ ।

 

  • वन्यजन्तुको चोरी शिकारीमा संलग्न अन्तर्राष्ट्रिय गिरोहका नाइके मानिएका लोडु डिमेलाई सर्वोच्च अदालतले ४५ हजार धरौटीमा छाड्न आदेश दिएको खुलेको छ । न्यायाधीशद्वय मीरा खड्का र डम्बरबहादुर शाहीले इजालसले डिमेलाई असार २८ गते आदेश दिएको थियो ।

 

  • नेपालमा अपराध गरी विदेशमा लुकीछिपी रहेका अभियुक्तलाई धमाधम पक्राउ गर्न थालिएको समाचार छ ।

 

  • जनकपुर भन्सार कार्यालयमा बरामद गरिएका सामान भन्सार कर्मचारी र तस्करको मिलोमतोमा गुपचुप तरिकाले न्यून मूल्यमा लिलाम गरेको समाचार छ ।

 

  • नेपाल विद्युत प्राधिकरण (भरतपुर वितरण केन्द्र) ले विद्युत चोरी गरेको अभियोगमा तीन सय दुई जनामाथि कारबाही गरेको समाचार छ ।

 

  • चितुवा तथा बाघको छाला तथा हड्डी बेचबिखनमा संलग्न भएको आरोपमा काठमाडौंमा चारजना पक्राउ परेका छन् ।

 

  • काँक्रेविहार यातायात व्यवसायी संघले दशैंको मौका पारेर काठमाडौंबाट सुर्खेतको मालारानीसम्म चारवटा डिलक्स बस सञ्चालनमा ल्याएको समाचार छ ।

 

  • काठमाडौं उपत्यकामा मोनोरेल सञ्चालन गर्नेबारे चिनियाँ कम्पनी चाइना रेलवे कन्स्ट्रक्सन कम्पनी काठमाडौं तथा ललितपुर महानगरपालिकालाई प्रारम्भिक सम्भाव्य प्रतिवेदन बुझाएको छ । यसका लागि एक खर्ब १६ अर्ब रूपैयाँ र तीन वर्षको समय लाग्ने प्रतिवेदनमा उल्लिखित छ ।

 

  • भ्रष्टाचारको अभियोगमा जेल सजाय भोगिरहनुभएका पाकिस्तानी पूर्वप्रधानमन्त्री नवाफ सरिफलाई दिवंगत धर्मपत्नीको दाहसंस्कार गर्न अन्तरिम जमानतमा रिहा गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

 

  • उहाँकी धर्मपत्नी कुस्लुम नवाजको क्यान्सरको कारण केही दिनअघि निधन भएको थियो ।

 

  • माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले जारी गरेको सेयरमा दुई लाख दोलखावासीले आवेदन दिएको समाचार   छ ।
Facebook Comments