परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

२०७५ भदौ २८ विहीबार

  • सरकारले चाडपर्वलाई लक्षित गरेर आउँदो असोज १२ गतेदेखि कात्तिक २७ गतेका लागि ५० भन्दा बढी ठाउँमा सूपथ मूल्य पसल खोल्ने भएको छ ।

 

  • निर्मला पन्त हत्या प्रकरणको छानबिनका लागि सरकारद्वारा गठित उच्चस्तरीय समितिबाट राजीनामा दिनुभएका एक सदस्य वीरेन्द्र केसी पुनः समितिमा फर्कनुभएको समाचार छ ।

 

  • लमजुङमा अविरल वर्षाका कारण पहिरो जाँदा मस्र्याङ्दी गाउँपालिका-३ पल्लोटारमा पहिरो जाँदा दुईजनाको मृत्यु हुनुका साथै चारजना बेपत्ता भएको समाचार छ ।

 

  • पहिरोका कारण रसुवागढी नाकासँग आवगमन अवरुद्ध भएको समाचार छ ।

 

  • नेपाल वायुसेवा पहिलो पटक खरिद गरेको दुई थान वाइड बडी विमान खरिद गर्दा अनियमितता भएको चर्चासँगै सार्वजनिक लेखा समितिले विमान खरिदसम्बन्धी आवश्यक कागजात मगाएको समाचार कारोबार दैनिकमा प्रकाशित    छ ।

 

  • चालू आर्थिक वर्षको दुई महिनामा बैंकमा निक्षेपभन्दा कर्जा प्रवाह तीन गुणाले बढी प्रभाव समाचार पनि कारोबार दैनिकमा नै प्रकाशित छ ।

 

  • प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ जोड्ने केबलकार निर्माण गरेबारे लगानी बोर्ड र मुक्तिनाथ दर्शन प्रालिबीच समझदारी भएको समाचार छ । कास्कीको बिरेठाँटीदेखि मुक्तिनाथसम्म निर्माण गर्ने केबलकारको दूरी ८४ किलोटिर रहेको छ ।

 

  • रघुगंगा नदीमा आएको बाढीले म्याग्दीमा विद्यालय र सडक बगाउनुका साथै बेनी बजार जोखिममा परेको समाचार छ ।

 

  • घर निर्माण गर्न ऋण लिएका भूकम्प पीडितहरूसँग थप ब्याज नलिन सरकारले नेपाल राष्ट्रबैकलाई निर्देशन दिएको समाचार छ । दुई प्रतिशत ब्याज दरमा ऋण लिएर घर निर्माण गर्न लागेका भूकम्प पीडितहरूसँग ११ प्रतिशतसम्म ब्याज लिन थालेपछि उनीहरू आन्दोलित थिए ।

 

  • बंगलादेशको ढाकामा चलिरहेको साफ च्याम्पियनसिप पूmटबल प्रतियोगितामा नेपाल मालिदिभ्ससँग ३-० ले पराजित भएको छ ।

 

  • नेपालमा दैनिक पाँच बालबालिका हराउने गरेको र हराउनेमा बालिका बढी रहेको तथ्याङ्क सार्वजनिक भएको छ ।

 

  • रौतहटको चन्द्रपुर नगरपालिका-३ का सम्झना दास र सुस्मिता दासमाथि सुतिरहेको बेलामा एसिड आक्रमण भएको समाचार छ ।

 

  • काठमाडौंको कीर्तिपुर एकजना इटालियन नागरिकबाट चार हजार तीन सय युरो चोरी भएको प्रहरीलेजनाएको छ ।
Facebook Comments