परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

२०७५ भदौ २२ शुक्रबार

  • नेपाली सेनाका सहायक रथी नैनराज दाहालले बढुवामा अन्याय गरेको भन्दै प्रधानसेनापति पूर्णचन्द्र थापा र बढुवा समितिविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको समाचार कारोबार दैनिकमा प्रकाशित छ ।

 

  • राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षति भएका निजी आवासको पुनर्निर्माण, निरीक्षण र सिफारिसको जिम्मा स्थानीय निकायलाई दिएको समाचार पनि कारोबार दैनिकमा नै प्रकाशित छ ।

 

  • बंगलादेशले नेपालबाट नौ हजार मेगावाट बिजुली किन्ने समाचार अन्नपूर्ण पोष्टमा प्रकाशित छ ।

 

  • भारतको पर्यटन मन्त्रालयले त्यहाँका १५ वटा धार्मिक स्थललाई रामायण सर्किटमा जोड्ने अवधारणा ल्याएसँगै सुनसरीस्थित रामधुनीलाई समेत त्यसमा जोड्न रामधुनी बाबा वखण्डी मन्दिर व्यवस्थापन समितिले पहल थालेको समाचार छ ।

 

  • मलेशियाबाट काठमाडौं फर्कने क्रममा चरासँग ठोक्किएको नेपाल एयरलाइन्सको एक विमान ग्राउण्डेड भएको छ ।

 

  • गत दुई महिनामा सवारी दुर्घटनामा परी काठमाडौं उपत्यकामा २३ जनाको मृत्यु भएको नेपाल टेलिभिजनमा प्रकाशित एक रिपोर्टमा जनाइएको छ ।

 

  • भारतको सर्वोच्च अदालतले दुई वयस्क व्यक्तिबीच सहमतिमा हुने समलिङ्गी यौन सम्बन्धलाई वैधानिकता दिएको छ ।

 

  • रेल विभागको निर्देशकमा बलराम मिश्र नियुक्त हुनुभएको छ । मिश्रले हुलाकी सडक आयोजना प्रमुखको जिम्मेवारी निर्वाह गरिसक्नुभएको छ ।

 

  • इजरायलका एकजना १८ वर्षीय किशोर अमेरिकाको क्यालिफोर्नियास्थित यसमटी न्यासनल पार्कमा सेल्फी खिच्ने क्रममा चिप्लिएर लड्दा ज्यान गएको बीबीसीले जनाएको छ ।

 

  • फेसबुकले एक अर्ब अमेरिकी डलरको सिंगापुरमा डेटा सेन्टर स्थापना गर्न लागेको फ्रान्सेली समाचार संस्था एएफपीले जनाएको छ । एशियामा पहिलो पटक स्थापना गर्न लागिएको यो सेन्टर सन् २०२२ सम्ममा सञ्चालनमा आउनेछ ।

 

  • ब्राजिलको राष्ट्रपतीय चुनावमा मुख्य प्रतिस्पर्धी जैर बेल्सोनारोमाथि छुरा प्रहार भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
Facebook Comments