परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

२०७५ भदौ १७ आइतबार

  • नेपालका विश्वविद्यालयले सम्बन्धनको नाममा व्यपार गरेको विषयलाई मुख्य समाचारको रूपमा नयाँ पत्रिकाले छापेको छ ।
    नेपाल नागरिक उड्डयन प्राधिकरणले आफ्ना कर्मचारीलाई ५९ करोड बोनस बाड्न गरेको प्रयास अससफल भएको समाचार छ । नियामक निकायले बोनस बाँड्न नपाउने नियम छ ।

 

  • सांसदले निजी काममा जाँदासमेत कूटनीतिक राहदानी (रातो पासपोर्ट) प्रयोग गर्न पाउने गरी कानुन बनाउन चलखेल गरेको समाचार    छ ।

 

  • नेपालगञ्जबाट आएको यति एयरलाइन्सको विमान त्रिभुवन विमानस्थलमा भदौ १६ बेलुका अवतरणका क्रममा चिप्लिएर दुर्घटना भएको छ । दुर्घटनामा सबै यात्रु सकुशल रहेको समाचार छ ।

 

  • सरकारी निकायले नै नेपालको नक्शाबाट कालापानी क्षेत्रलाई गायब पार्ने काम गरेको समाचार छ ।

 

  • नेकपाको तल्लो तहको संगठन पुनर्गठन प्रक्रिया अघि बढिरहेकै समयमा कतिपय ठाउँमा असन्तुष्ट पक्षले समानान्तर कमिटिको सिफारिस गरेको समाचार छ ।

 

  • वीपी कोइराला स्मृति प्रतिष्ठानले यस वर्षको सेनानी सम्मान पुरस्कार नेपाली कांग्रेसका नेता चक्र वास्तोलालाई दिने भएको छ । वास्तोला पाँच वर्षदेखि अचेत अवस्थामा हुनुहुन्छ ।

 

  • सुर्खेतको पञ्चपुरी नगरपालिका -४ बरैपुरीकी आठ वर्षीय शाहीको सर्पको टोकाइबाट मृत्यु भएको छ । सर्पले टोकेपछि उपचारका लागि वीरेन्द्र ल्याउँदै गर्दा शाहीको निधन भएको हो ।

 

  • दाङको दंगीशरण गाउँपालिका-३ टंकी रावतले बोक्सी भएको आरोपमा आफ्नै सासूको हत्या गरेको इलाका प्रहरी कार्यालयले तुलसीपुरले जनाएको छ ।

 

  • क्रान्तिकारी सन्त भनेर चिनिने भारतीय जैन मुनि तरुण सागरको कमलपित्त रोगबाट निधन भएको छ । सन् १९६७ मा जन्मनुभएका तरुण सागर सार्वजनिक स्थलमा समेत निर्वस्त्र हिँड्नुहुन्थ्यो ।
Facebook Comments