परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

२०७५ भदौ १६ शनिबार

  • दुई दिवसीय बिम्स्टेक सम्मेलन १४ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । घोषणापत्रको एउटा बुँदामा सन् २०३० सम्म गरिबी अन्त्य गर्ने लक्ष्य राखिएको छ ।

 

  • पशुपतिनाथ मन्दिरको परिसरमा निर्मित चार सय बेडको धर्मशाला प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा उद्घाटने गर्नुभएको छ ।

 

  • यसैगरी, रक्सौल-काठमाडौ रेलमार्ग (ब्रोडगेज लाइन) बारे नेपाल र भारतबीच समझदारी भएको छ ।

 

  • बिपत्तिमा परेका पर्यटकको खोजी तथा उद्दार कार्यलाई मर्यादित र व्यवस्थित बनाउन पर्यटनसंस्कृति, पर्यटन तथा नागरिक उड्डन मन्त्रालयले पर्यटक, खोज, उद्दार, उपचार तथा अनुगमनसम्बन्धी कार्यविधि, २०७५ लागू गरेको छ ।

 

  • लोपोन्मुख सूचीमा रहेका विभिन्न दश जातिलाई सरकारले सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने भएको छ । सरकारले संघीय संसदमा दर्ता गराएको सामाजिक सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ का अनुसार कुसुण्डा, राउटे, किसान, हायु, मेचे, वनकरिया, सुरेल, राजी, लेप्चा र कुसबाडियालाई सुरक्षा भत्ता प्रदान गर्न लागिएको समाचार कारोबार दैनिकमा प्रकाशित छ ।

 

  • अदुवामाथि निकासी कर नलगाउन पुनरावेदन अदालत इलामले अन्तरिम आदेश जारी गरेको छ । जिल्ला समन्वय समिति झापाले इलाममा उत्पादित अदुवामाथि हालसालै प्रतिट्रक पाँचहजार रूपैयाँ निकासी कर लगाएकको थियो ।

 

  • वरिष्ठ अभिनेता, निर्देशक तथा रेडियो नेपालका प्रथम गायक हरिप्रसाद रिमालको ९३ वर्षको उमेरमा निधन भएको छ ।

 

  • भदौ १ गतेदेखि लागू भएको मुलुकी अपराध संहिता संशोधन प्रक्रिया अघि नबढाएकोमा असहमति जनाउँदै भदौ १७ गते देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सबै सेवा बन्दा गर्ने निर्णय गरेको छ ।

 

  • भारतको कांग्रेस आईका अध्यक्ष राहुल गान्धी काठमाडौं आउनुभएको छ । आज पशुपतिनाथको दर्शन गरेर मानसरोवरको यात्रामा निस्कनहुने समाचार छ ।

 

  • दार्जुलाको नौगढ गाउँपालिकाका जनप्रतिनिधिहरूले बैठक भत्ता र भ्रमण भत्ता नलिने भएको समाचार छ

 

  • तनहुकै ठूलो दमौली अस्पताल एक महिनादेखि प्रमुखविहीन भएको छ ।
Facebook Comments