परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

२०७५ भदौ १५ शुक्रबार

  • भदौ १४ गतेदेखि काठमाडौंमा शुरु भएको बिम्स्टेक सम्मलेनको मुख्य जोड कनेक्टिभिटी र बुद्ध सर्किटमा रहेको समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।

 

  • सरकारले बिम्स्टेक सम्मलेनमा आएका विशिष्ट पाहुनाहरूलाई गोकर्ण रिसाेर्टमा दिइने भनिएको पूर्वघोषित रिट्रट कार्यक्रम चाबाहिल-जोरपाटी-साँखु सडकको दुरावस्थका कारण रोक्नुपरेको समाचार छ । यसको विकल्पमा सम्मेलन आयोजनास्थल सोल्टी होटलमै आज बिहान ८ः३० देखि १०ः१० रिट्रट दिइने भएको समाचार छ ।

 

  • सफ्टवेयर बिग्रिँदा गरिबी निवारणको कोषको ३१ अर्ब रूपैयाँको हिसाबकिताब नष्ट नभएको समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ । यसबाट कोषद्वारा २०६० सालदेखि सञ्चालन गर्दै आएका सबै अभिलेख नष्ट भएको छ ।

 

  • नेकपा एमाले र माओवादी एकता केन्द्रबीच एकता भएको तीन महिना बितिसक्दा पनि सिंहदरबारमा नेकपाको एउटै संसदीय दलकाे कार्यालय नहुँदा पूर्वएमाले र पूर्वमाओवादीका सांसद सिंहदरबारमा एकै ठाउँमा अटाउन नसकेको समाचार छ ।

 

  • सर्वोच्च अदालतले समाज कल्याण परिषदमा भएको अनियमितताको विषयमा सरकारले गरेको छानबिनको निर्णय झिकाउन आदेश दिएको समाचार पनि नयाँ पत्रिका दैनिकमा नै प्रकाशित छ ।

 

  • देशको व्यापार घाटा बढिरहेको बेला सरकारले अन्तर्राष्ट्रिय व्यापार सहजीकरणका लागि १० वर्षे गुरुयोजना तयार पारेको समाचार कारोबार दैनिकमा प्रकाशित छ ।

 

  • दश वर्षे सशस्त्र द्वन्द्वका समयमा कर्णाली प्रदेशमा ९३ जना बेपत्ता भएको तथ्याङ्क अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को सुर्खेतस्थित कार्यालयले जनाएको छ ।

 

 

  • नेपाली बैंक र सर्वसाधारणसँग रहेको करिब सात अर्ब भारू भारतीय नोट नसाटिने भएको समाचार छ ।

 

  • प्रदेश नं. ५ को सरकारले आगामी पाँच वर्षमा करिबीको दर १० प्रतिशतमा झार्ने र प्रतिव्यक्ति वार्षिक आय दुई हजार अमेरिकी डलर पुर्‍याउने लक्ष्यसहित आवधिक योजना तर्जुमा जुटेको समाचार छ ।

 

  • नेपालगञ्ज आसपासका शहरमा धनुषटङ्कारको खोप अभाव रहेको समाचार राजधानी दैनिकमा प्रकाशित छ ।

 

  • ओखलढुङ्गाको मोलुङ गाउँपालिका-८ राँगाफेदीमा पहिरो जाँदा एकै परिवारका चारजनाको निधन भएको छ ।

 

  • जिल्ला समन्वय समिति झापाले इलाममा उत्पादन भएको अदुवाको झापामा निकासी कर लगाउन थालेको छ ।

 

  • जिल्ला स्वास्थ्य कार्यालय कालीकोटको तथ्याङ्कअनुसार जिल्लाका ५२ वटा नगरपालिका स्वास्थ्य सेवाको पहुँचबाहिर रहेको छ । कालीकोटमा तीन नगरपालिका र छवटा गाउँपालिकामा ८२ छन् ।
Facebook Comments