परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

२०७५ भदौ १४ विहीबार

  • आजदेखि काठमाडौंमा शुरु हुने बहुपक्षीय आर्थिक तथा प्राविधिका सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनमा व्यापार र उर्जा मुख्य अजेण्डा हुने समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।

 

  • सरकारी तथ्याङ्कअनुसार ५१.१५ प्रतिशत नागरिकले इन्टरनेनट प्रयोग गर्छन् । यसअनुसार नेपालमा एक करोड ४९ लाख ८१ हजार नागरिक इन्टरनेटको पहुँचमा छन् ।

 

  • चिनियाँ कम्पनी थ्री गर्जेजले पश्चिम सेती आयोजनामा काम गर्न अस्वीकार गरेको समाचार छ ।

 

  • नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सरकारसँँग वार्तामा बस्नुको कुनै औचित्य नभएको भन्दै वार्तामा नबस्ने अडान लिएको छ ।

 

  • संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले निजगढ प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल सार्वजनिक निजी साझेदारी (पीपीपी) ढाँचामा निर्माण गर्नका लागि आशयपत्र आह्वान गर्ने निर्णय गरेको समाचार कारोबार दैनिकमा प्रकाशित छ ।

 

  • बाजुरामा कार्यरत पत्रकार तेजबहादुर खड्का भदौ १० गतेदेखि बेपत्ता हुनुभएको छ । बाजुराको बूढीनन्दामा जनैपूर्णिमा लाग्ने मेलामा अन्तिम पटक देखिनुभएका खड्का अवस्था अज्ञात रहेको समाचार छ ।

 

  • बहुपक्षीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) राष्ट्रबीच असोजभित्रै यातायात कनेक्टिभिटीको गुरुयोजना तयार हुने समाचार छ ।

 

  • कृषि तथा पशुपंछी विकास मन्त्रालयले चालू आर्थिक वर्ष २०७५÷०७६ मा ५१ वटा कृषि ज्ञान केन्द्र स्थापना गर्ने लक्ष्य राखेको छ ।

 

  • वर्षाका कारण सिसडोल डम्पिङ साइटमा फोहोर खन्याउन कठिनाइ भएकाले काठमाडौंको फोहोर फेरि पनि उठ्न छाडेको समाचार छ ।

 

  • सुन काण्डमा मुछिएको कारण देखाउँदै सरकारद्वारा शिलबन्दी गरिएको बाजेको सेकुवाका सबै शाखा तत्काल खोल्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

 

  • बैतडीको दोगडाकेदार गाउँपालिकाका हरेक वडामा इ–हाजिरी र इन्टनेट सेवाको व्यवस्था गरिने भएको समाचार छ ।

 

  • एशिया कप छनोट दोस्रो खेलमा टस जितेर पहिलो बलिङ गरेको नेपालले खराब बलिङ गरेको छ । युएईले १० ओभरको खेल समाप्तिसम्म बिना विकेट ६४ रन बनाएको छ ।
Facebook Comments