परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

२०७५ भदौ ८ शुक्रबार

  • सम्वैधानिक परिषदको भदौ ७ गतेको बैठकले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा वरिष्ठतम् न्यायाधीश ओमप्रकाश मिश्रलाई सिफारिस गरेको छ ।

 

  • कञ्चनपुरका १३ वर्षीया निर्मला पन्त हत्या प्रकरणबारे छानविन पाँच सदस्यीय उच्चस्तरीय छानबिन समिति गठन गरिएको गृह मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।

 

  • निर्मला पन्त हत्या प्रकरणबारे प्रदर्शनमा उत्रिका व्यक्तिहरूमाथि गोली प्रहार हुँदा छजना घाइते भएका छन् । यही प्रकरणमा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का र जिल्ला प्रहरी प्रमुख (डीएसपी) दिल्लीराज विष्टलाई सरुवा गरिएको छ ।

 

  • सरकारले कालीमाटी तरकारी बजारको ९८ स्टल खारेज गरेको समाचार छ ।

 

  • पोखरा विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयको कम्प्युटर सफ्टवेयर प्रणाली ह्याक गरेको आरोपमा दुईजना कर्मचारी पक्राउ परेका छन् ।

 

  • युरोपियन युनियनले लगाएको प्रतिबन्धका कारण नेपाल एयरलाइन्सको वाइड बडी विमानले गन्तव्य पाउन नसकेको समाचार अखबारहरूमा प्रकाशित छन् ।

 

  • नेपालबाट वैदेशिक रोजगारीमा जाने १.५ प्रतिशत कामदार मात्र दक्ष रहेको तथ्याङ्क सार्वजनिक भएको छ ।

 

  • देशमा आत्मनिर्भरता र व्यापार घाटाको चर्चा चलिरहँदा यस वर्ष खाद्यान्न तथा तरकारीको आयातमा गत वर्षको १६ प्रतिशतले बृद्धि भएको समाचार छ । नेपालले भारतबाट मात्र ४६ अर्बको खाद्यान्न तथा तरकारी आयात गरेको छ ।

 

  • एक दशकको अवधिमा वैदेशिक रोजगारीमा गएकामध्ये सात हजार युवाले विभिन्न कारणले परदेशमा मृत्युवरण गरेको तथ्याङ्क सार्वजनिक भएको छ ।

 

  • अमेरिका र चीनबीचको प्रतिशोधात्मक व्यापार युद्ध गम्भीर मोडमा पुगेको छ । अमेरिकाले चिनियाँ सामानमा चर्को कर लगाएकोमा चीनले पनि अमेरिकी सामानमा सोही दरमा कर लगाएको बीबीसीले जनाएको छ ।
Facebook Comments