परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

२०७५ भदौ ६ बुधबार

  • राजधानीलगायत देशका विभिन्न शहरमा जडान गरिएको सवारी प्रदूषणमापन गर्ने यन्त्र प्रयोगविहीन अवस्थामा पुगेको समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

 

  • कृषि सामग्री कम्पनी लिमिटेड रौतहटबाट सर्वसाधारणका लागि भन्दै स्थानीय कृषि सहकारीमार्फत वितरण भएको मल सीधै व्यापारीको गोदाममा पुग्ने गरेको समाचार नयाँ पत्रिका दैनिकमा नै प्रकाशित छ ।

 

  • यातायात व्यवस्था विभागले कानुन उल्लङ्घन गर्दै प्रदूषण मापदण्ड नै नभएको बंगलादेशमा उत्पादित रनर मोटरसाइकल भित्र्याउन अनुमति दिएको समाचार कारोबार दैनिकमा प्रकाशित छ ।

 

  • नेपाल राष्ट्र बैंकले आठ प्रतिशतसम्म आर्थिक बृद्धिका लागि तरलता नहुने बताएपछि प्रतिनिधिसभाको अर्थ समितिले तरलता अभावको समस्या निराकरण गरी एक साताभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिएको कारोबार दैनिकमा नै प्रकाशित छ ।

 

  • इण्डोनेशियामा जारी अठारौं एशियाडमा भारोत्तोलनमा सञ्जु चौधरीले महिलाको ५३ केजी तौल समूहतर्फ स्न्याच, क्लिन एण्ड जर्क र समग्रमा नयाँ राष्ट्रिय कीर्तिमान बनाउनुभएको समाचार छ ।

 

  • कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएका निर्मला पन्तको हत्यामा संलग्न भनी प्रहरीले नक्कली अभियुक्त खडा गरेको आरोप लगाउँदै स्थानीय बासिन्दा प्रतिरोधमा उत्रिएपछि महेन्द्रनगर अस्तव्यस्त भएको समाचार छ ।

 

  • व्यक्ति वा कम्पनीका नाममा देशभरका खानी कब्जा गर्ने र मोटो रकममा बेचबिखन गर्ने खेल चलेको समाचार नागरिक दैनिकमा प्रकाशित छ ।

 

  • नेपालको व्यापार घाटा २६.७ प्रतिशतले बढेर ११ खर्ब, ६१ अर्ब, ६४ करोड पुगेको र रेमिट्यान्स ८.६ प्रतिशले बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

 

  • बर्दियाको राजापुर नगरपालिका स्थानीयले बसोबास गरेको ७५ वर्षसम्म पनि लालपूर्जा नपाएको राससले जनाएको छ ।

 

  • कालीमाटी तरकारी बजारमा किसानसँग ३५ रूपैयाँ किनेको काउली बजारमा एक सय १० मा बिक्री हुने गरेको समाचार  छ ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले विराटनगरमा आयोजित एक कार्यक्रमबीच नेपालको पहिलो नमूना बायोग्याँस पाइपलाइनको उद्घाटन गर्नुभएको छ ।

 

  • सरकारले कानुनले बनाएर औषधिको अधिकतम मूल्य तोक्ने तयारी गरिरहेको समाचार छ ।
Facebook Comments