परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

२०७५ भदौ ४ सोमबार

  • देशका विशिष्ट व्यक्तित्वहरूलाई आवास सेवा उपलब्ध गराउँदा वार्षिक २२ करोड खर्च हुने गरेको समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

 

  • त्रिभुवन विश्वविद्यालयले पास भएको ट्रान्सक्रिष्ट उपलब्ध गराएको एक वर्षपछि परीक्षार्थी फेल भएको घोषणा गरेपछि सम्बन्धित विद्यार्थीहरू आक्रोशित भएको समाचार पनि नयाँ पत्रिका दैनिकमा नै प्रकाशित छ ।

 

  • रोजगारको हकसम्बन्धी विधेयक मन्त्रिपरिषदबाट पारित भएको खबर कारोबार दैनिकमा प्रकाशित छ ।

 

  • ठूला करदाताले नै राजस्व घटाएको खबर पनि कारोबार दैनिकमा नै प्रकाशित छ ।

 

  • तरकारीमा विद्यमान सिण्डिकेटले किसानबाट सस्तो दाममा तरकारी किनेर पाँचपटकसम्म मूल्य बढाउने गरेको समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।

 

  • रसुवागढी-काठमाडौं रेलमार्गका लागि २ खर्ब ५७ अर्ब लाग्ने र ९९ प्रतिशत हिस्सामा सुरुङ र पुल निर्माण हुने जानकारी आएको छ । ७२.२५ किमी लामो त्यस रेलमार्ग सम्पन्न हुन नौ वर्ष लाग्ने अनुमान गरिएको छ ।

 

  • पूर्वस्वीकृति समेत नलिई कतार पठाइदिन्छु भनी प्रतिव्यक्ति एक लाख रूपैयाँसम्म असुल गरिरहेको जानकारीका आधारमा वैदेशिक रोजगार विभागले सामाखुसीस्थित कान्तिपुर ओभरसिजमा छापा मारेको समाचार छ ।

 

  • नेपाल वायुसेवा निगमले दुईवटा न्यारो बडी जहाज गरी पाकिस्तान, मालद्विभ्स, पाकिस्तान र म्यान्मारमा उडान गर्ने योजना अघि सारेको समाचार छ ।

 

  • नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ ।

 

  • नेपाल पत्रकार महासंघको भदौ ३ गते बसेको केन्द्रीय कार्यसमिति बैठकले भदौ १ गतेदेखि लागू भएको फौजदारी तथा देवानी संहितालाई पूर्ण प्रेसमैत्री बनाउन आग्रह गरेको छ ।

 

  • सरकारले भदौ २४ गतेदेखि लागू हुने गरी पूर्णचन्द्र थापालाई प्रधान सेनापतिमा नियुक्त गरेको छ ।

 

  • बुद्ध एयरमा काठमाडौंबाट पोखरा जान लागेका भारतीय सेनाका अधिकृत बलबहादुर पुन विमानस्थलको आन्तरिक टर्मिनलबाट पक्राउ पर्नुभएको छ ।

 

  • एक हजार वर्गफिट क्षेत्रफलमा घर निर्माण गरे हेटौंडा उपमहानगरपालिकाले निःशुल्क नक्शा पास गरिदिने भएको समाचार छ ।

 

  • भदौ १ गतेदेखि लागू भएको मुलुकी देवानी संहिता र मुलुकी अपराध संहिता कार्यान्वयन गर्न थप २५ हजार जनशक्ति आवश्यक देखिएको छ
Facebook Comments