परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

२०७५ भदौ २ शनिबार

  • सरकारले स्थानीय तहको कर निर्धारणबारे अध्ययन गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेशकुमार थपलियाको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेको छ ।

 

  • गाईलाई राष्ट्रिय जनवारको दिएकोमा विरोध जनाउँदै एकजना युवकले सिंहदरबार अगाडि नग्न प्रदर्शन गरेको समाचार छ ।

 

  • गतवर्षको तुलनामा यस वर्षको जुलाई महिनासम्म नेपाल आउने पर्यटकको संख्या ७३.५ प्रतिशतले वृद्धि भएको समाचार छ ।

 

  • अहिलेसम्मकै सबैभन्दा ठूलो मात्राको कर छली प्रकरणमा हिमालय कार्गोका सञ्चालक विनोदकुमार गुप्ताविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ । राजश्व अनुसन्धान विभागले विगो र जरिवानासमेत २ अर्ब ७२ करोड १२ लाख ३८ हजार ७ सय ६० र तीन वर्षसम्मको कैद गर्न माग दाबी गर्दै मुद्दा दायर गरेको हो ।

 

  • चीन सरकारले उपलब्ध गराउँदै आएको नर्सिङ विषयको छात्रृत्ति रोकिएको समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित   छ ।

 

  • डरको भाउ बढेसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेकाले आयल निगमलाई १५ दिनमा २५ करोड रूपैयाँ घाटा भएको समाचार कारोबार दैनिकमा प्रकाशित छ ।

 

  • भक्तपुरमा एक महिनमा ७४ आपराधिक घटनामा एक सय ४३ जना पक्राउ परेको समाचार छ ।

 

  • संसदीय सुनुवाइबाट प्रधानन्यायाधीशमा अस्वीकृत हुनुभएका दीपकराज जोशीले कामु प्रधानन्यायाधीशको हैसियतमा देवानी तथा फौजदारी संहिता जारी हुँदाको बखत शुभकामना दिनुभएको समाचार छ । सर्वोच्च अदालतको वेबसाइटमा भने कामु प्रधानन्यायाधीश भनी ओमप्रकाश शर्माको नाम उल्लिखित छ ।

 

  • भारतको केरलामा बाढीका कारण तीन सयभन्दा २४ भन्दा बढीको मृत्यु भएको दुई लाखभन्दा बढी मानिस घरबारविहीन भएको बीबीसीले जनाएको छ ।

 

  • पूर्वक्रिकेटर इमरान खान पाकिस्तानको २२ औं प्रधानमन्त्रीमा नियुक्त हुनुभएको छ ।
Facebook Comments