परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

२०७५ साउन ३० बुधबार

  • संसदको अर्थसमितिले संघ, प्रदेश र स्थानीय तहले जथाभावी र दोहोरो रूपमा लगाएको कर हटाउन सरकारलाई निर्देशन दिएको छ ।

 

  • नेपाल विद्युत प्राधिकरणको खुद नाफ एक अर्ब पुगेको र विद्युत चुहावट २० प्रतिशतमा झरेको समाचार छ ।

 

  • केन्द्रीय अनुसन्धान ब्युरो पाँच वर्षको अवधिमा मानव तस्करीविरुद्ध ७९ अपरेसन गरेको र त्यसमा सयजना पक्राउ गरी कारबाही अघि बढाएको समाचार छ ।

 

  • चौतर्फी आलोचना भएपछि विराटनगर महानगरपालिका कर बढाउने निर्णयबाट पछि हटेको छ । महानगरपालिकाले आर्थिक ऐन, २०७५ संशोधन गरी बढाएको कर घटाएको हो ।

 

  • हुम्लाको हिल्सा विमानस्थलमा हेटिकप्टरको पंखाले लागेर एकजना भारतीय नागरिकको मृत्यु भएको खबर छ ।

 

  • पशुपतिनाथ मन्दिरको परिसरमा चार सय बेडको धर्मशाला तयार भएको छ । उक्त धर्मशाला नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा उद्घाटन गर्ने कार्यक्रम रहेको समाचार छ । भदौ १४ र १५ गते हुने बिम्स्टेक सम्मेलनमा भाग लिन मोदी नेपाल आउनुहुने भएको छ ।

 

 

  • तस्कर समूहले तीन वर्षको अवधिमा चार हजार क्विन्टल सुन तस्करी गरेको अध्ययनबाट खुलेको गृहमन्त्री रामबहादुर थापाले खुलासा गर्नुभएको छ ।

 

  • नेपाल नागरिकता पहिलो संशोधन ऐन र राहदानी विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ ।

 

  • कैलालीको धनगढी नगरपालिकाले खोला तर्दा पनि नागरिकलाई अनावश्यक कर लगाएको समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

 

  • प्रदेश र स्थानीय तहमा पदपूर्ति गर्न नसकिरकेको सरकारले लोकसेवा आयोगबाट हुने सबैखाले पदपूर्ति तीन वर्षका लागि रोक्ने तयारी गरेको नयाँ पत्रिका दैनिकमा नै प्रकाशित छ ।

 

  • सरकारले निजी मोबाइल सेवा प्रदायक सम्पत्ति तथा दायित्व मूल्याङ्कन गरी ६१ अर्ब रूपैया कर असुली गर्ने भएको समाचार कारोबार दैनिकमा प्रकाशित छ ।

 

  • सांसदहरूले सरकारलाई कर आतंक हटाउन सुझाव दिएको समाचार पनि कारोबार दैनिकमा नै प्रकाशित छ ।
    सरकारले नेपाल टेलिकमकी महाप्रवन्धक कामिनी राजभण्डारीलाई बर्खास्त गरेको छ ।

 

  • कालीगण्डकीमा आएको बाढीले म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका-४ कोप्चेपानीस्थित धवलागिरि आधारभूत विद्यालय बगाएको छ ।

 

  • परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको पुनर्गठन गरेको छ । प्रतिष्ठानमा डिल्लीराम घिमिरे, डा. खड्क केसी, प्राडा मीना वैद्य मल्ल, उपरथि हिमालय थापा, हरि फुयाँल, डा. शंकर शर्मा, भवानी राणा र लालबाबु यादव तीन वर्षका लागि नियुक्त हुनुभएको छ ।

 

  • प्रदेश नं. ५ को प्रादेशिक योजना आयोगका सदस्यमा डा. विष्णुप्रसाद गौतम नियुक्त हुुनुभएको छ । गुल्मी घर भएका गौतमले कंक्रिट व्यवस्थापनमा विद्यावारिधि गर्नुभएको छ ।

 

  • धनुषा जिल्लामा ७० वटा निजी विद्यालय अनुमतिबिना नै सञ्चालनमा रहेको पाइएको छ ।

 

  • अष्ट्रियाको भियाना विश्वकै सबैभन्दा बस्नालयक शहर बनेको छ । ‘द इकोनोमिष्ट गु्रप’ को रिसर्च विभाग ‘द इकोनोमिष्ट इन्टेलिजेन्स युनिट’ ले गरेको अध्ययनमा भियाना हरेक दृष्टिले बस्नालयक शहर बनेको हो ।
Facebook Comments