परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

२०७५ साउन २८ सोमबार

  • सरकारी, गैरसरकारी तथा निजी संस्थामा कार्यरत महिलाले ९८ दिन सुत्केरी बिदा पाउने व्यवस्थासहित सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य सम्बन्धी विधेयक संसदमा दर्ता भएको छ । पुरुष कर्मचारीका हकमा श्रीमती सुत्केरी भएको बेलामा १५ दिन दिने त्यस विधेयकमा प्रस्ताव गरिएको छ ।

 

  • बजारमा जथाभावी बिक्री-वितरण भइरहेको विषादि नियन्त्रण गर्न सर्वोच्च अदालतले सरकारको नाममा परमादेश जारी गरेको समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ । नेपालमा प्रत्येक वर्ष तीन सय मेट्रिक टन विषादि भित्रिने र त्यसमध्ये ८५ प्रतिशत बाली संरक्षण निर्देशनालयले जनाएको छ ।

 

  • नेपालमा लिङ्ग पहिचान गरी भूण हत्या गर्ने प्रचलन बढ्दै गएकाले छोरीको संख्या घट्ने क्रममा रहेको रिपोर्ट पनि नयाँ पत्रिका दैनिकमा नै प्रकाशित छ ।

 

  • देशभर मलको अभाव भएको समाचार अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।

 

  • वाणिज्य सन्धि संशोधन गर्न भारत तयार रहेको समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।

 

  • बजारमा गुणस्तरहीन हेलमेटको विगविगी रहेको समाचार कारोबार दैनिकमा प्रकाशित छ ।

 

  • विश्वभर इन्टरनेट डोमेन नेम सिस्टम (डीएनएस) व्यवस्था गर्ने जिम्मेवारी पाएको संस्था इन्टरनेट कर्पोरेसन फर असाइन्ड नेम्स एण्ड नम्बर्स् (आइसीएनएन) ले दक्षिण एशियामा बोलिने नेपालीलगायत नौ भाषाका लिपिमा इन्टरनेट डोमेन नेम उपलब्ध गराउने तयारीमा जुटेको समाचार छ । यो कामले मूर्त रूप लिएपछि नेपाली भाषामा पनि डोमेन नेम टाइप गर्न सकिनेछ ।

 

  • विराटनगर महानगरपालिकाको कार्यालयमा बम विष्फोटन भएको छ । विष्फोटनको जिम्मेवारी जनतान्त्रिक तराई मुक्ति मोर्चा क्रान्तिकारीले लिएको छ । मोर्चाका अध्यक्ष जयकृष्ण गोइतले प्रेस विज्ञप्ति जारी गरी विष्फोटनको जिम्मेवारी लिएको सञ्चार माध्यमहरूले जनाएका छन् ।

 

  • नेपाल मेडिकल काउन्सिलले लिएको चिकित्सक दर्ता प्रमाणपत्र (लाइसन्स) परीक्षामा २४.४ प्रतिशत परीक्षार्थीमात्र उत्तीर्ण भएको समाचार छ ।

 

  • महानगरीय प्रहरी वृत्त, दरबारमार्गले १० किलो चरेशसहित छजनालाई पक्राउ गरेको समाचार छ ।

 

  • नदीको सतह बढ्दै गएपछि महाकाली नदी छेउका बासिन्दा रातभरि जागै बस्न बाध्य भएको समाचार छ ।

 

  • राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरी सरकार गठन हुँदा भएको सहमति कार्यान्वयन गर्न माग गरेको छ ।

 

  • भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले २०७४ सालमा कित्ताकाटमा रोक लगाएपछि सर्वसाधारण नागरिकको बेहाल स्थितिमा पुगेको समाचार छ । भूमाफियाले सेटिङ मिलाएर कित्ताकाट गरी महङ्गो मूल्यमा बेच्न थालेपछि त्यसको मार सर्वसाधारण नागरिकमा पर्न गएको हो ।

 

  • इन्डोनेशियामा १२ जनाको ज्यान जाने गरी भएको विमान दुर्घटनामा एकजना १२ वर्षीय बालक बाँच्न सफल भएको बीबीसीले जनाएको छ ।
Facebook Comments