परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

२०७५ साउन २७ आइतबार


  • प्रा.डा .गोविन्द केसीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग साउन २६ गते भेटवार्ता गर्नुभएको छ । उहाँहरू सहमति कार्यान्वयन गर्ने विषयमा छलफल भएको समाचार छ ।

 

  • केन्द्र सरकार र प्रदेश सरकारबीच कर्मचारी खटनपटनलाई लिएर मतभेद बढिरहेको बेला केन्द्र सरकारले प्रदेश सरकार मातहत रहेका मन्त्रालयका सचिवहरूको सरुवा गर्ने अधिकार आफैसँग राखेको छ ।

 

  • देश संघीय परिपाटीमा गइसके पनि नेपाली कांग्रेसको पार्टी संरचना पुरानै ढाँचामा चलिरहेको र त्यसलाई नयाँ व्यवस्था अनुसार परिमार्जन गर्न कठिनाइ भइरहेको खबर छ ।

 

  • बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोग बंगाल खाडीको प्रयास (बिम्स्टेक) स्थापना भएको २२ वर्षपछि बिम्स्टेक विकास कोष र बिम्स्टेक पूर्वाधार विकास बेैंक स्थापना हुन लागेको समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।
    वैदेशिक रोजगारका खाडी मुलुक जाने कामदारबाट सिण्डिकेटका नाममा दुई वर्षको अवधिमा साँढे पाँच अर्ब ठगी भएको समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

 

  • सिक्टा सिंचाइ आयोजनाको मूल नगर सयभन्दा बढी ठाउँमा भत्किएको समाचार नागरिक दैनिकमा प्रकाशित छ ।
    सरकारले फेसबुकलगायतका सोसल मिडियालाई करको दायरामा ल्याउने तयारी गरिरहेको समाचार अन्नपूर्ण पोष्टमा प्रकाशित छ ।

 

  • तत्कालीन एमाले र माओवादीबीच एकता भई नेकपा गठन भइसकेछि पनि जिल्लामा समानान्तर कमिटि कायम रहिरहेका र तिनलाई समायोजन गर्न कठिनाइ भइरहेको समाचार छ ।

 

  • कोटेश्वरको जाम हटाउन जडीबुटी-पेप्सीकोलासम्मको खण्डको वैकल्पिक सडक सञ्चालन ल्याइने समाचार छ ।

 

    • नेपालको भलिबल टिम ३२ वर्षपछि एशियन गेम्समा फर्किएको छ । पछिल्लो पटक नेपाली टिमले सन् १९८६ मा कोरियामा सम्पन्न प्रतियोगितामा भाग लिएको थियो । सफलता हात नपर्ने र खर्चालु भएकाले त्यसयता खेलाडी नपठाइएको समाचार छ ।

 

  • नोबेल पुरस्कार विजेता भारतीय मूलकका प्रख्यात साहित्यकार भीएस नाइपालको ८५ वर्षको उमेरमा लण्डनस्थित आफ्नै घरमा निधन भएको बीबीसीले जनाएको छ ।
Facebook Comments