परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

२०७५ साउन २५ शुक्रबार

  • नेपाल र भारतबीचका करिब पाँच सय सीमास्तम्भ हराएको समाचार अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।

 

  • लापरबाहीका कारण सिक्टा सिंचाइ आयोजनालाई अलपत्र पार्ने ठेकेदारलाई नै जोगाउने खेल भइरहेको समाचार नागरिक दैनिकमा प्रकाशित छ ।

 

  • गरिब पहिचान गरी उनीहरूलाई सहुलियत दिन सरकारले ल्याएको कार्यक्रममा १५ हजार सरकारी कर्मचारी पनि गरिबमा सूचीकृत भएको समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

 

  • राष्ट्रिय पुनर्निर्माण प्राधिकारणले ३१ जिल्लामा निर्माण गरिरहेको सात हजार विद्यालयमा एउटामा पनि सौचालय नभएको समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।

 

  • दुई वर्ष अघि बनाइएको औधोगिक व्यवसाय ऐन कार्यान्वयन नहुँदै संशोधन हुन लागेको समाचार कारोबार दैनिकमा प्रकाशित छ । नियमावली बन्न नसक्दा ऐन कार्यान्वयनमा आउन सकेको थिएन ।

 

  • नेपाल राष्ट्र बैंकले कर्जाको व्याजदर घटाउन नमान्ने बैंकमाथि कारबाही गर्ने चेतावनी दिएको समाचार पनि कारोबार दैनिकमा नै प्रकाशित छ ।

 

  • जनकपुर-जयनगर रेलको सफलतापूर्वक परीक्षण भएको समाचार छ । विगत चार वर्षदेखि बन्द रहेको यो रेल सेवा पुनः सञ्चालनमा ल्याउने उद्देश्यले परीक्षण गरिएको राससले जनाएको छ ।

 

  • पोखरामा निर्माण गर्न लागिएको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका लागि थप जमिन अधिग्रहण लागिएकाले स्थानीय बासिन्दा आन्दोलित भएको समाचार छ ।

 

  • भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले लामो समयदेखि अस्तव्यस्त रहेको चावाहिल जोरपाटी सडक खण्डको अनुगमन गर्नुभएको छ । अनुगमनका क्रममा मन्त्री महासेठले भदौ १२ गतेभित्र सडकको खाल्डाखुल्डी पुरिसक्ने बताउनुभएको समाचार छ ।

 

  • वर्ष २०७१/०७२ र २०७४/०७५ सम्मको चार वर्षको अवधिमा देशभरमा एक हजार दुई सय ४४ जना महिला बलात्कृत भएको आँकडा नेपाल प्रहरीले सार्वजनिक गरेको छ ।

 

  • नेपाल र बंगलादेशबीच उर्जा सहकार्य हुने र यस क्रममा नेपालले बंगलादेशलाई पाँच हजार मेगावाट विजुली बेच्ने प्रस्ताव अघि सारिएको समाचार छ ।

 

  • प्रदेश नं. ५ को राजधानी र नाम जुराउन तीन महिनाभित्र प्रतिवेदन बुझाउने गरी १५ सदस्यीय विशेष समिति गठन गरिएको समाचार छ ।

 

  • २०७५ साल वैशाखदेखि हालसम्म प्राकृतिक प्रकोपमा परी पाँच सयको मृत्यु भएको गृह मन्त्रालय विपत् व्यवस्थापन महाशाखाले जनाएको छ ।

 

  • सरकारले देशभरमा ५५वटा नयाँ शहर र ५० वटा स्मार्ट सिटी बनाउन लागेको समाचार छ ।

 

  • भारतको केरलामा बाढी पहिरोका कारण २२ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
    यमनमा बालबालिका चढेको बसमाथि रकेट आक्रमण हुँदा २९ जनाको ज्यान गएको बीबीसीले जनाएको छ ।
Facebook Comments