परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

२०७५ साउन २४ विहीबार

  • वाइड बडी विमानको उडान शुरु गरेको केही दिनमै नेपाल वायुसेवा निगम नयाँ विमान नयाँस्थित इन्दिरागान्धी विमानस्थलमा रोकिएको छ । विमानलाई ट्रान्जिट गर्ने इञ्जिनियरको अभाव उडान रोकिएको समाचार छ ।

 

  • नागरिकमाथि अनावश्यक करको भारी बोकाइएको भन्दै जनआक्रोश बढिरहेको बेला स्थानीय तहमा तेब्बर कर लगाइएको समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।

 

  • नोटमा केरमेट गरेमा जेल सजाय हुनसक्ने समाचार पनि कान्तिपुर दैनिकमा नै प्रकाशित छ ।

 

  • बरोबर समाचारको शीर्षक बनिरहेको सिक्टा सिंचाइ आयोजनामा भएको लापरबाहीबारे सरोकारवाला निकाय मौन रहेको समाचार नागरिक दैनिकमा प्रकाशित छ ।
  • नेपालका बैंकहरूलाई भारतीय रूपैयाँमा ऋण लिने बाटो खुलेको समाचार कारोबार दैनिकमा प्रकाशित छ ।

 

  • बलाकात्कारसम्बन्धी मुद्दा समयमा पैmसला नहुँदा पीडितहरू अन्यायमा पर्ने गरेको समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

 

  • पाँच वर्षयता भएका प्रहरी इन्काउण्टरबारे छनबिन समिति गठन भए पनि प्रतिवेदन अनाएको समाचार पनि नागरिक दैनिकमा नै प्रकाशित छ ।

 

  • डडेल्धुरामा हलिया मुक्ति पुनःस्थापना कार्यक्रममा तीन करोड रकम भ्रष्टाचार भन्दै राष्ट्रियसभामा आवाज उठेको समाचार छ ।

 

  • निशान खड्काको हत्या प्रकरणमा प्रहरीसँगको भीडन्तमा मारिएका भनिएका गोपाल तामाङ र अजय तामाङका परिवारजनले आफ्हरूमाथि अन्याय भएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका छन् ।

 

  • सरकारले सवारी दुर्घटनामा मृत्युभएकाका परिवारजनलाई १० लाख दिने योजना अघि सारेको समाचार छ ।

 

  • सुनसरीको सदरमुकाम इवरुवास्थित जिल्ला अस्पतालमा विरामीले तिरेको १९ लाखभन्दा बढी रकम हिनामिना भएको खबर नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

 

  • विश्व आदिवासी जनजाति दिवसको अवसर पारेर प्रदेश नं. १ ले आज (साउन २४ गते) सार्वजनिक बिदा दिएको छ ।
    उपत्यका बाहिर हेटौंडामा निर्मित पहिलो वातानुकूलित सुविधासम्पन्न सिनेमाघर ‘ओम्याक्स’ मा आगलागीबाट क्षति हुन पुगेको समाचार छ ।

 

  • तनहुँमा मादक पदार्थ सेवन गरी सवारी चलाउनेहरू कारबाहीमा पर्दा तीन लाख २९ हजार राजश्व सङ्कलन भएको छ । तनहुँमा आर्थिक वर्ष २०७३/०७४ र २०७४/०७५ मा क्रमशः ९६ जना र तीन सय २९ जना कारबाहीमा परेका थिए ।
    एक वर्षको अवधिमा रौतहटमा सवारी दुर्घटनामा परी ४३ जनाको मृत्यु भएको खबर छ ।

 

  • नेत्रविक्रम चन्द ‘विप्लव’ को नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ काठमाडौंबाट पक्राउ पर्नुभएको छ ।

 

  • नेपालमा सफलतापूर्वक मिर्गौला प्रत्यारोपण भएको १० वर्ष पुगेको छ । अगष्ट ८, २००८ मा त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण शुरु भएको थियो । हालसम्म देशभरका १३ अस्पतालमा पाँच सय छजनाले सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गराइसकेका छन् ।

 

  • लुम्बिनी अञ्चल अस्पतालमा एक वर्षको अवधिमा सर्पले टोकेका एक हजार एक सय १३ जनाले उपचार गराएका छन् । तीमध्ये १२ जनाको मृत्यु भएको खबर छ ।

 

  • चित्रकार मनुजबाबु मिश्र ८३ वर्षको उमेरमा साउन २३ गते निधन भएको छ । उहाँ विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रका पिता हुनुहुन्छ ।
Facebook Comments