परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

२०७५ साउन १९  शनिबार 

  • प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई संसदीय सुनुवाइ विशेष समितिले दुई तिहाइ बहुमतका अस्वीकार गरेको समाचार आजका अखबारहरूले उच्च प्राथमिकताका साथ छापेका छन् । नेपालको संसदीय इतिहासमा संसदीय सुनुवाइबाट अस्वीकृत हुने जोशी पहिलो न्यायाधीश    हुनुहुन्छ ।
  • राजधानीस्थित कान्ति बाल अस्पतालमा चिकित्सकको अभाव हुँदा शल्यक्रिया नै रोकिने अवस्था आएको समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।
  • रिक्त रहेको कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा भानुभक्त ढकाल नियुक्त हुनुभएको छ । ढकालका पूर्ववर्ती शेरबहादुर तामाङले बंगलादेशमा मेडिकल साइन्स पढ्न जाने छात्राहरूबारे दिनुभएको अभिव्यक्ति विवादास्पद बनेपछि साउन ८ गते पदबाट राजीनामा दिनुभएको थियो ।यसैगरी, भूमि व्यवस्था गरिबी निवारण मन्त्रीमा पद्मा अर्याल र जनसंख्या राज्यमन्त्रीमा डा. सुरेन्द्र यादव नियुक्त हुनुभएको छ । यसभन्दा अघि अर्याल स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री  हुनुहुन्थ्यो ।
  • नक्कली नोट छापेको आरोपमा जेठ २ गते पक्राउ पर्नुभएका ‘लुट’ चलचित्रका निर्माता माधवराज वाग्ले पाटन उच्च अदालतको आदेशमा २५ लाख धरौटीमा छुट्नुभएको समाचार छ ।
  • आर्थिक वर्ष २०७४/०७५ मा तनहुँमा मात्र सात सय ८८ नयाँ उद्योग दर्ता भएको खबर कारोबार दैनिकमा प्रकाशित छ ।
  • कमल थापा नेतृत्वको राप्रपा र पशुपति शमसेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिक बिचको एकतासम्बन्धी वार्ता प्रक्रिया भङ्ग भएको समाचार छ ।
  • राजधानीको सामाखुसीमा इनार सफा गर्ने क्रममा निस्सासिएर साउन १८ गते तीनजनाको मृत्यु भएको खबर छ ।
  • नेदरल्याण्डस्लाई एक रनले हराउँदै एक दिवसीय क्रिकेटमा नेपालले पहिलो जीत हात पारेको छ ।
  • मोरङमा उद्योगबाट प्रशोधन गरी बजारमा पठाएको पानीमै दिसामा पाइने हानीकारक जीवाणु कोलिफर्म भेटिएको समाचार छ ।
  • २०६९ सालमा राष्ट्रिय सडक सञ्जालमा जोडिएका मुगु जिल्लाको सडक स्तरोन्नति नहुँदा र वर्षाका कारण सवारी आवगमन नहुँदा जनजीवन प्रभावित भएको नेपाल टेलिभिजनले जनाएको छ ।
  • वि.सं. १९९० मा स्थापित नेपालकै जेठो विद्यालय दरबार हाइस्कुलको पुनर्निनिर्माण हुने भएको छ ।
  • राष्ट्रिय गौरवको सिक्टा सिंचाइ आयोजनाको अपूर्ण नहरबाट ठूलो मानवीय क्षति हुन सक्ने भन्दै संसदीय समितिबाट अनुगमन गरी समस्याको दीगो समाधान खोज्न सरोकारवालाहरूले माग गरेको समाचार अन्नपूर्ण पोष्टमा प्रकाशित छ ।
  • अफगानिस्तानको गार्देज शहरस्थित एक मस्जिदमा आत्माघाती बम आक्रमण हुँदा २५ जनाको मृत्यु भएको खबर छ ।
Facebook Comments