परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

२०७५ साउन १८ शुक्रबार

  • गुणस्तर तथा नापतौल विभागले सगरमाथा सिमेन्टको उत्पादन गुणस्तरहीन भएको प्रमाणित गरेपछि जिल्ला प्रशासन कार्यालय बर्दियाले बिक्री वितरणमा राेक लगाउने  निर्देशन दिएको समाचार छ ।
  • प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशी सर्वोच्च अदालत प्रवेशको चरणमै विवादित हुनुभएको समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।
  • नेपालमा प्रत्यक्ष वैदेशिक लगानी गर्नेमा चीन सबैभन्दा अगाडि रहेको खबर कारोबार दैनिकमा प्रकाशित छ ।
  • सिन्धुपाल्चोक जिल्लाको उत्तरी भाग अवस्थित जुगल गाउँपालिकाले चीनको नेलम जोड्ने सुरुङमार्ग र जुगल हिमालसम्म केबलकार निर्माण गर्नेबारे पैरवी शुरु गर्ने भएको छ ।
  • संस्कृृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले पाँच वर्षे योजनाअन्तर्गत तिलौराकोटलगायतका क्षेत्रलाई समेटेर ग्रेटर लुम्बिनी बनाउने, भारतसँगको सहकार्यमा जनकपुरलाई रामायण सर्किटमा जोड्ने, प्रत्येक प्रदेशमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्नेलगायतका लक्ष्य अघि सारेको छ ।
  • आर्थिक वर्ष २०७४/०७५ मा जिल्ला प्रहरी कार्यालय तनहुँमा ५५ पुरुषले आफुमाथि हिंसा भएको उजुरी दर्ता गराएका छन्। त्यस अवधिमा दुई ५८ घरेलु हिंसाका उजुरी दर्ता भएका थिए ।
  • जिल्ला प्रहरी कार्यालय मकवानपुरले दुई सय केजी गाँजासहित छ जनालाई पक्राउ गरेको समाचार छ ।
  • प्रदेश नं. ३ को सरकारले हेटौंडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रूपमा विकास गर्न लागेको समाचार छ ।
  • युवा तथा स्वरोजगार कोषले आर्थिक वर्ष २०७५/०७६ मा १० अर्ब खर्च गरी १ लाख युवालाई स्वरोजगार बनाउने जानकारी दिएको छ ।
  • रार्ष्ट्रिरय परीक्षा बोर्डले कक्षा १२ को निममित तथा आंशिकतर्फ परीक्षाफल साउन १७ गते प्रकाशन गरेको छ ।
  • पर्यटकको चाप बढेपछि लमजुङको सिउरुङका गाउँबाहिर रहेका बासिन्दा आफ्नै गाउँ फर्कन थालेको समाचार छ ।
  • सांसद निरु पालमाथि ज्यान लिने धम्की दिएको विषयमा नेपाल प्रहरीले अनुसन्धान कार्य शुरु गरेको समाचार छ ।
  • प्रहरीले ७५ जनालाई नियन्त्रणमा लिई अनुसन्धान गरेको छ ।
  • गृहमन्त्रीलाई प्रश्न सोध्न नपाएको भन्दै नेपाली कांग्रेसले साउन १७ गतेको संसद बहिष्कार गरेको समाचार छ ।
  • पटक पटकको प्रतिबद्धताविपरीत सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता विस्तारमा ढिलाइ गरेको भन्दै दातृ निकाय एशियाली विकास बैंकले असंतुष्टि जनाएको समाचार छ ।
  • उच्च अदालत जनकपुरले प्रदेश नंं. २ का सामाजिक विकास मन्त्री अभिराम शर्मालाई पक्राउ गर्न परमादेश जारी गरेको छ । मन्त्री शर्मामाथि असई थमन विक हत्याको आरोप लागेको छ ।
  • साउन १ गतेदेखि नियुक्त हुने सेना, प्रहरी, शिक्षक तथा निजामतीका पेन्सनका लागि आफ्नै तलबबाट अब ६ प्रतिशत रकम काटेर राख्ने भएको समाचार छ ।
  • उडिरहेको प्लेनमा मुक्कामुक्की गरेको अभियोगमा इराक एयरवेजले आफ्ना दुईजना पाइलटलाई निलम्बन गरेको समाचार छ ।
Facebook Comments