परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

२०७५ साउन १३, आइतबार

  • प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले मन्त्रीहरूको मूल्याङ्कन गरिरहेको समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।
  • सल्यानमा प्रहरीले सुविधासम्पन्न हिरासत कक्ष बनाएको समाचार पनि नयाँ पत्रिका दैनिकमा नै प्रकाशित छ ।
  • संयुक्त राष्ट्रसंघले उत्तरी कोरियाली नागरिकले सञ्चालन गरेका सबै उद्योग तथा व्यवसाय बन्द गर्न नेपाल सरकारलाई निर्देशन दिएको खबर कारोबार दैनिकमा प्रकाशित छ ।
  • विगतमा सुनुवाइ समाप्त भएलगत्तै संसदीय सुनुवाइ विशेष समितिले निर्णय दिने चलन भए पनि यसपटक भने सुनुवाइ समाप्त भइसकेपछि पनि प्रधानन्यायाधीशको नियुक्तिमा अलमल भएको समाचार कान्तिपुर दैनिकले छापेको छ ।
  • संघ, प्रदेश र स्थानीय सरकारको कानुन तथा नीति-नियम बाझिँदा कर असुली, स्रोत साधनको बाँडफाँडलगायतका विषयमा अन्योल पैदा भएको समाचार पनि कान्तिपुर दैनिकले नै छापेको छ ।
  • राजनीतिक स्वार्थका कारण सैनिक नियमावली संशोधन हुँदा देशलाई व्ययभार थपिनुका साथै बढुवामा शक्तिकेन्द्र हावी हुने सम्भावना बढेको समाचार कारोबार दैनिकमा प्रकाशित छ ।
  • अबदेखि एक सय वाटसम्मको एफएम रेडियोका लागि स्थानीय तहबाट इजाजतपत्र लिन सकिने समाचार छ ।
  • वीरगञ्ज महानगरपालिकाले चर्को कर लगाएको भन्दै त्यहाँका उद्योगी तथा व्यापारीहरू संघर्षमा उत्रिएका छन् ।
    सेवाग्राहीमा ३६ लाख घुस लिएको अभियोगमा भवन तथा शहरी विकास कार्यालय, रूपन्देहीका प्रमुख इन्जिनियर सुरेशकुमार ठाकुर पक्राउ पर्नुभएको छ ।
  • मुलुककै सबैभन्दा बढी कैदीबन्दी रहने क्षमता रहेको १०४ वर्ष पुरानो केन्द्रीय कारागारमा सीसीटीभी जडान गरिएको छ ।
  • सरकारले गरिबलाई दिने भनिएको गरिब परिचयपत्र धनगढीमा धनीमानी व्यक्तिलाई दिएको पाइएको छ ।
  • अमेरिकाको क्यालिफोर्नियामा लागेको आगलागीमा परी दुईजना अग्निनियन्त्रकसहित पाँचजनाको मृत्यु भएको र यसबाट दशौं हजार बासिन्दा विस्थापित भएको बीबीसीले जनाएको छ ।
Facebook Comments