परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

२०७५ साउन १२ गते, शनिबार

  • नेपाल आयल निगमले चुक्ता पूँजीमा व्यापक वृद्धि गरेपछि यसको सेयर सर्वसाधारणले पनि खरिद गर्न पाउने बाटो खुलेको छ ।
  • कास्कीको सराङकोटमा निर्माणाधीन ‘होटल अन्नपूर्ण भ्यू’ वन र सार्वजनिक जग्गा मिचेको पुष्टि भएको छ ।
    भक्तपुर र पोखराबीच सीधा बससेवा शुरु भएको राससले जनाएको छ ।
  • भूकम्पपछिको पुनर्निर्माणमा सघाउने प्रतिबद्धता गरेको भारतले अनुदान रकमको पहिलो किस्तास्वरूप दुई अर्ब, १० करोड ४३ लाख नेपाल सरकारलाई हस्तान्तरण गरेको समाचार कारोबार दैनिकमा प्रकाशित छ ।
  • काठमाडौंबाट स्याङ्जाको वालिङतर्फ जाँदै गरेको बस पृथ्वी राजमार्गको खानी खोलामा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको खबर राजधानीबाट प्रकाशित अखबारहरूमा छापिएका छन् ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले विदेश भ्रमण गर्ने कर्मचारीको विवरण माग्नुभएको छ । कर्मचारीको विदेश भ्रमण उपलब्धीविहीन पाइएकोले त्यसलाई कडाइ गर्न उनीहरूको विवरण मागिएको समाचार छ ।
  • प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको नाम अनुमोदन गर्ने वा थप छानबिन गर्ने भन्ने सम्बन्धमा साउन ११ गते बोलायएको संसदीय सुनुवाइ विशेष समतिको बैठक बस्दै नबसी स्थगत भएको छ । जोशीको शैक्षिक योग्यताका प्रमाणपत्रबारे विवाद भई त्यसबारे अध्ययन भइरहेकाले बैठक स्थगत गरिएको समाचार छ ।
  • आर्थिक वर्ष २०७४/०७५ मा सगरमाथा क्षेत्रको भ्रमणमा ५४ हजार चार सय पाँच पर्यटन आएको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ । यो संख्या आर्थिक वर्ष २०७३/०७४ को तुलनामा नौ हजार दुई सय ९३ ले बढी हो ।
    श्रृङ्खलबद्ध रूपमा पसल फोरेर मोबाइल चोरी गर्दै हिँडेको अभियोगमा दुईजना भारतीय नागरिक गोरखामा पक्राउ परेका छन् ।
  • पाकिस्तानमा साउन ९ गते भएको आमनिर्वाचनमा व्यापक धाँधली भएको भन्दै विपक्षी दलहरूले नतिजा अस्वीकार गरेको बीबीसीले जनाएको छ । प्रकाशित नतिजाअनुसार पूर्वक्रिकेटर इमरान खान दलसहित प्रधानमन्त्री बन्ने सम्भावना बढेको थियो ।
Facebook Comments