परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

२०७५ साउन ११ शुक्रबार

  • नेपाल सरकार र २७ दिनदेखि अनसनरत प्रा.डा. गोविन्द केसीबीच नौबुँदे सहमति भएपछि केसीले अनसन तोड्नुभएको खबर अखबारहरूमा छापिएका छन् ।
  • नेपाल वायुुसेवा निगमले खरिद गरेको दोस्रो वाइड बडी विमान (ए ३३०-२००) साउन १० गते बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । यसको नाम मकालु राखिएको छ ।
  • प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको संसदीय सुनुवाइ साउन १० गते सकिएको छ । उहाँबारेको निर्णय आज (साउन ११ गते) लिइने संसदीय सुनुवाई विशेष समतिले जनाएको छ ।
  • गुरुजनप्रति श्रद्धाभाव प्रकट गर्दै आज गुरुपूर्णिमा मनाइँदैछ ।
  • दूरसञ्चार कर लागू भएपछि वृद्धि भएको इन्टरनेटको शुल्क फिर्ता भएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा साउन १० गते जारी प्रेस विज्ञप्तिमा जनाइएको छ । इन्टरनेटको शुल्क वृद्धिबारे सरकारको चौतर्फी आलोचना भएको थियो ।
  • आज यस शताब्दीकै सबैभन्दा ठूलो चन्द्रग्रहण लाग्दैछ । नेपाली समय अनुसार राति १२ बजेर ९ मिनेटमा शुरु हुने यो ग्रहण बिहान ४ बजेर ४ मिनेटमा समाप्त हुनेछ सञ्चार माध्यमहरूले जनाएका छन् । २०७१ साल चैत २१ गते यस शताब्दीकै सबैभन्दा छोटो चन्द्रग्रहण लागेको थियो । त्यतिबेला पाँच मिनेटको ग्रहण लागेको थियो ।
  • सरकारले स्वदेशमै उत्पादन वृद्धि गरी आयात प्रतिस्थापन गर्ने योजना बनाइरहेको बेला सरकारी नीतिकै कारण मोरङ-सुनसरी औद्योगिक क्षेत्रमा सञ्चालित तेल उद्योगले ५० प्रतिशत उत्पादन कटौती गरेको समाचार कारोबार दैनिकमा प्रकाशित छ । सरकारले चालू आर्थिक वर्षमा सोयाविन तथा सनफ्लावर तेलको कच्चा पदार्थमा तीन सय प्रतिशतभन्दा बढी महसुल वृद्धि तथा भ्याट खारेजी गरेपछि उद्योगीहरूले उत्पादन कटौती गर्न बाध्य भएको खबर छ ।
  • मन्त्रिपरिषदको बैठकमा साउन १० गतेदेखि कागजविहीन (पेपरलेस) भएको समाचार छ ।
  • नेपाली सेनाका कायममुकायम प्रधानसेनापतिमा बलाधिकृत पूर्णचन्द्र थापाको नाम सिफारिस गरिएको छ । उहाँले साउन २५ गतेदेखि कार्यभार सम्हाल्नुहुनेछ । प्रधानसेनापति राजेन्द क्षेत्रीको कार्यकाल आउँदो भदौ २४ गते सकिनेछ ।
  • सरकारले गर्ने गरी दुई वर्षभित्र विद्युतीय राहदानी (ई-पासपोट) लागू गर्ने तयारी गरेको समाचार छ । विद्युतीय राहदानी एमआरपीभन्दा बढी वैज्ञानिक मानिन्छ ।
  • गण्डकी प्रदेशले आर्थिक वर्ष २०७४-२०७५ को खर्च विवरण सार्वजनिक गरेको छ ।
  • यातायात व्यवस्था कार्यालय (बाग्मती) ले प्रतिव्यक्ति ४० हजार रूपैयाँ लिएर दुई सय ४० जनालाई ट्रायलविना नै हेभी सवारीको इजाजतपत्र दिएको खुलेको छ ।
  • खारेजीमा गएका साविकका सार्वजनिक यातायात समितिको सम्पत्ति दुई महिनाभित्र राष्ट्रियकरण गरिने खबर छ । राष्ट्रियकरणको प्रक्रिया शुरु हुनुभन्दा सञ्चालनको विवरण भुक्तानीका लागि प्रमाणित कागजात पेश गर्न गृह मन्त्रालयले परिपत्र जारी गरेको छ ।
  • मनसुनी वर्षाका कारण बर्मामा १६ हजार मानिस विस्थापित भएको बीबीसीले जनाएको छ ।
  • फेसबुक प्रयोगकर्तामा आएको विकर्षणका कारण मार्क जुकरवर्गले एकैदिनमा १६.८ अर्ब डलर गुमाउनुपरेको समाचार   छ ।
Facebook Comments