परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

२०७५ साउन १० विहीबार

  • सरकार र प्रा.डा. गोविन्द केसी पक्षबीच साउन ९ गते भएको वार्ता निष्कर्षविहीन भएको खबर राजधानीबाट निस्कने अखबारहरूमा प्रकाशित छ ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता साझेदारहरूबीच भागबण्डा मिलाउन कृषि, भूमि तथा सहकारी मन्त्रालय फुटाएर कृषि र भूमि व्यवस्था तथा सहकारी मन्त्रालय बनाउने तयारी गरेको समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।
  • थाइल्याण्ड जाने क्रममा ढिलो गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुभएका उपप्रधानमन्त्री उपेन्द्र यादवले पदीय रवाफ देखाई थाइ एयरवेजको विमान करिब ४५ मिनेट रोक्न लगाएको समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग कालोपत्रे गरेको एक हप्तामै भत्कँदा विमान उडान तथा अवतरणमा कठिनाइ भएको समाचार कारोबार दैनिकमा प्रकाशित छ ।
  • सरकारले पूर्ववर्ती सरकारको सिको गर्दै वर्तमान सरकारले राज्यकोषको अत्याधिक दोहन गरिरहेको टिप्पणी गर्दै त्यसमा लगाम लगाउनुपर्नेमा जोड दिएर कारोबार दैनिकले सम्पादकीय लेखेको छ ।
  • अर्थमन्त्री डा. युवराज खतिवडाले विद्युतीय भुक्तानीले अपराधलाई निम्तो दिने खतरा बढेको विचार व्यक्त गर्नुभएको छ ।
  • पुनःनिर्माण कार्य विवादमा आएपछि रोकिएको रानीपोखरी पुनःनिर्माणको जिम्मा सेनालाई दिएको खबर कान्तिपुरमा प्रकाशित छ ।
  • रसुवाको गोसाइकुण्ड गाउँपालिका-२ टिमुरेमा पहिरो जाँदा एकजनाको मृत्यु हुनुका साथै ११ जना बेपत्ता भएको खबर छ ।
  • १० वर्षको अवधिका करिब चार हजार नेपाली महिला रोजगारका लागि कोरिया पुगेको राससले जनाएको छ ।
  • भरतपुर महानगरपालिकाले मुख्य राजमार्गमा तीनपाङ्गे चलाउन नपाउने निर्णय गरेपछि विरोधमा उत्रिएका सवारीचालक र प्रहरीबीच भीडन्त हुँदा प्रदर्शनकारीलाई गोली लागेको समाचार छ ।
  • नेपाली कांग्रेसका सांसदहरूले अवरोध गरेपछि राष्ट्रियसभाको बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगत छ । राष्ट्रियसभाको अर्को बैठक साउन १६ गते बोलाइएको छ ।
  • धादिङको गंगाजमुना गाउँपालिका-२ मा दुईजना झाँक्रीलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरी चार महिलासहित ३१ जनालाई पक्राउ गरेको छ ।
  • पाकिस्तानको क्वेटा शहरस्थित एक मतदान केन्द्रनजिक भएको विष्फोटनमा ३१ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।
Facebook Comments