परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

२०७५ साउन ३ विहीबार

  • यमनमा जारी गृहयुद्धका कारण हरेक १० मिनेटमा एकजना बच्चाले मृत्युवरण गरिरहेको संयुक्त राष्ट्रसंघलाई उध्रृत गर्दै बीबीसीले जनाएको छ ।
  • विभिन्न माग राख्दै जुम्लामा अनसनरत प्रा.डा. गोविन्द केसीलाई काठमाडौं ल्याउने तयारी भइरहेको समाचार अखबारहरूमा प्रकाशित छ ।
  • क्रिकेटर शक्ति गौचनले अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिने घोषणा गर्नुभएको खबर छ ।
  • वीरगञ्जमा सञ्चालित नेसनल मेडिकल कलेजले विद्यार्थी नपाएपछि प्रवेश परीक्षामै सहभागी नगराई भारतीय विद्यार्थीलाई भर्ना गरेको समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।
  • संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सरकारले अस्थायी, ज्यालादारी र करारमा रहेका कर्मचारीलाई हटाउने कुनै योजना नबनाएको बताउनुभएको छ । नेपाल टेलिभिजनसँगको कुराकारीमा उहाँले यस्तो बताउनुभएको हो । सरकारले अस्थायी, ज्यालादारी र करारमा रहेका ३० हजार कर्मचारीलाई हटाउने तयारी गरिरहेको समाचार आएको थियो ।
  • सरकारले नयाँ आर्थिक वर्षदेखि भन्सारविन्दुबाटै पाँच प्रतिशत अग्रिम कर लगाउन थालेपछि भारतसहित तेस्रो मुुलुकबाट आयात गरिने तरकारी, फलफूल तथा माछामासु महङ्गिन थालेको समाचार छ ।
  • लगभग दुई हप्ता गुफामा फसेपछि उद्धार गरिएका १२ जना थाइ किशोर घर फर्किएको बीबीसीले जनाएको छ । असार ९ गतेदेखि च्याङ राईस्थित एक गुफामा फसेका ती किशोरलाई असार २६ गते सकुशल उद्धार गरिएको थियो । उद्धार गरिएलगत्तै उनीहरूलाई अस्पतालमा भर्ना गरिएको थियो ।
  • सन् २०१६ मा टर्कीमा असफल कु भएपछि लागू भएको संकटकाल दुई वर्षपछि हटाइएको खबर छ ।
    टोपेखोलानेर पहिरो आएपछि मुग्लि-नारायणगढ सडक बिहानैदेखि अवरुद्ध भएको छ ।
Facebook Comments