परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

हृदयघात र यसबाट बच्ने उपाय

 

मानिसको महत्वपूर्ण अङ्ग हृदयद्वारा नै रगत पम्प भई सम्पूर्ण शरीरमा रक्त सञ्चार हुने गर्छ । कुनै कारणवश हृदयको गति र कार्य प्रणालीमा खराबी आएर अथवा अन्य विभिन्न कारणवश हृदयघात हुन सक्दछ ।
पुरुषको हृदयको धड्कन १ मिनेटमा ७२ पटक धड्किनुलाई सामान्य मानिन्छ भने महिलाका हकमा ७८ पटकलाई सामान्य मानिन्छ ।
धमनी (ARTERIES) ले हृदयबाट सफा अक्सिजनयुक्त रगत शरीरभरि पठाउने कार्य गर्दछ भने नसा (VEIN) ले शरीरभरिबाट अशुद्ध रगतलाई हृदयमा पुर्‍याउने कार्य गर्दछ ।
भ्रूण गर्भमा रहेको ६ सातादेखि नै हृदयले कार्य गर्न शुरु गरी जीवनको अन्तिम सास लिउन्जेलसम्म कार्य गर्दछ ।

 

हृदयघात हुने सम्भावित कारणहरू

 धमनी (ARTERIES) को पर्खालको बोसो एकत्रित भई धमनी मोटो हुनु वा साँघुरो हुनु ।
 कोरोनरी धमनीभित्र रगतको थक्का बन्नु ।
 अत्यधिक शारीरिक श्रम तथा थकावट हुनु ।
 गहिरो शारीरिक चोटपटक लागेको हुनु ।
 धेरै मात्रामा खाना खानु ।
 रगतमा कोलेस्ट्रोलको मात्रा बढेको हुनु ।
 उच्च रक्तचाप वा न्यून रक्तचापले पीडित भएको अवस्थामा ।
 मधुमेहले पीडित व्यक्तिलाई ।
 धुम्रपान, मध्यपान तथा अन्य नशालु पदार्थ सेवन गरेको व्यक्तिलाई ।
 पटकपटक न्यून रक्तचाप भइरहने व्यक्तिलाई ।
 चिन्ता तथा तनावमा रहनाले ।
 अत्यधिक रक्तश्राव भएमा ।
 रातो मासु बढी खाने व्यक्तिलाई ।
 ८ घण्टा काम गर्ने मानिसको तुलनामा ११ वा सो भन्दा बढी काम गर्ने व्यक्तिलाई ।
 भिटामिनको चक्की बढी सेवन गर्ने व्यक्तिलाई ।
 प्रसन्न र प्रफुल्लित नभइरहने व्यक्तिलाई ।
 अत्यधिक सुत्ने वा आवश्यक जति नसुत्ने व्यक्तिलाई पनि हृदयघात हुने सम्भावना रहन्छ ।
 आहार वा खानपिन अत्याधिक क्यालोरीयुक्त भएमा ।
 चिसो मौसममा हृदयघातको सम्भावना बढ्दछ ।
 अत्याधिक व्रmोध वा आवेशमा आएका बेला ।
 अपर्भmट धेरै खुसीको वा धेरै पीडाको कुरा सुन्दा ।
 हल्का शारीरिक ब्यायाम नगर्ने व्यक्तिलाई ।
 शारीरिक वजन वा तौल बढी भएकालाई ।
 बंशानुृगत कारणले ।

हृदयघातबाट बच्ने उपायः
 उच्च कोलेस्ट्रोल, उच्च वा न्यून रक्तचाप भएका व्यक्तिले समय–समयमा चिकित्सकसँग सम्पर्क राख्नुपर्दछ ।
 मधुमेहले पीडित व्यक्तिले चिकित्सकको निगरानी र सल्लाह बमोजिमको जीवनशैली अपनाउनुपर्छ ।
 दूधजन्य पदार्थ, चिल्लो, घ्यु, नौनी, रातो मासुको सेवन धेरै कम मात्रामा गर्ने ।
 धुम्रपान गर्ने व्यक्तिलाई हृदयघातको सम्भावना २०० देखि ४०० प्रतिशतसम्म बढ्ने हुनाले धुम्रपान त्याग्नुपर्छ ।
 चिसो मौसममा मर्निङ्ग वाकमा निस्कँदा सम्पूर्ण अङ्ग छोपिने गरी निस्कनुपर्छ ।
 ३५ वर्षभन्दा माथिको उमेर भएका व्यक्तिले रक्तचाप, सुगर, कोलस्ट्रोल, कार्डियोग्राम समय–समयमा जाँच गराउनुपर्छ ।
 शारीरिक वजन कम गर्ने तथा नियन्त्रणमा राख्ने गर्नुपर्छ ।
 ६० वर्ष उमेर नाघेका व्यक्तिले अत्यधिक धपेडी हुने गरी शारीरिक श्रम नगर्ने ।
 सदा प्रसन्नचित रहने कोसिस गर्नुपर्छ ।
 एकै पटकमा धेरै मात्रामा खानेकुरा नखाई पटक–पटक गरी खानुपर्छ ।
 योग, प्राणायाम, ध्यान गर्ने ।
 शाकाहारी खानपिनमा जोड दिने ।

Facebook Comments