परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

२०७५ साउन २ बुधबार

  • सरकारले अस्थायी, ज्यालादारी र करारमा रहेका ३० हजार कर्मचारीलाई हटाउने तयारी गरिरहेको समाचार अन्नपूर्ण पोष्टमा प्रकाशित छ ।
  • विगतका वर्षमा ढुवानीका क्रममा ६८ करोड बराबरको इन्धन चोरी हुने गरेको खबर नागरिक दैनिकमा छापिएको छ ।
  • सरकार पक्ष र अनसनरत प्रा.डा. गोविन्द केसीबीच साउन १ गते भएको वार्ता निष्कर्षविहीन भई टुङ्गिएको समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।
  • सम्झौताअनुसारको काम नपाएपछि साउदीमा ३८ नेपाली कामदार अलपत्र परेको खबर छ ।
  • सरकारविरुद्ध नेपाली कांग्रेसले सडक संघर्ष गर्ने घोषणा गरेको समाचार आजका अखबारहरूमा छापिएका छन् ।
  • गत आर्थिक वर्षमा विभिन्न कारणले २६ वटा गैंडा मरेको खबर छ ।
  • धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाको ५२ वर्षको मंगलबार निधन भएको छ ।
  • पर्वतको जलजला गाउँपालिका-८ लस्तीमा पहिरो जाँदा एकजनाको मृत्यु हुनुका साथै ३ जना गम्भीर घाइते भएका छन् । पहिरोले पाँच घर बगाएको छ छजना बेपत्ता भएका छन् ।
  • मुखभित्र सुन लुकाएर ल्याएको अभियोगमा दुईजना भारतीय नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका छन् ।
Facebook Comments